यस्तो बनेर आयो निता ढुंगाना र विल्सन बिक्रम राइ अभिनित चलचित्र आकाशे खेतीको ट्रेलर

काठमाडौ । यहि फागुन २७ बाट प्रर्दशनमा आएको चलचित्र आकाशे खेतीको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य मुख्य पात्रलाइ समेटेर ट्रेलर तयार पारिएको छ। यो फिल्ममा मेहनत नगरि पैसा कमाउने युवाको कथा प्रस्तुत गरिएको छ । चलचित्रका लेखक निर्देशक उदय सुव्वा हुने् ।

चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र फागुन २७ गते प्रर्दशनमा आउदैछ ।