रुसले युक्रेनमाथिको गरेको युद्ध तत्काल बन्द गरी शान्ति वार्ताबाट समस्या समाधान गर्नुपर्छ

काठमाडौं १५ फागुन । राष्ट्रियसभा सदस्य नेता वामदेव गौतमले रुसले युक्रेनमाथिको गरिरहेको आक्रमण तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

आज आइतबार एक विज्ञप्ती जारी उनले दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिका विरुद्ध रहेको भन्दै आक्रमण बन्द गर्न आग्रह गरेका हुन् ।

यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘हिन्द प्रशान्त सैनिक संगठन खडा गर्न लागिएका काम बन्द गर्नु पर्ने भन्दै नेता गौतमले आफ्नो राष्ट्रको सिमानाभन्दा बाहिर राखिएका फौजी अखडाहरू आफ्नो राष्ट्रिय सीमाभित्र लैजानुपर्ने बताएका छन् ।

‘यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनु पर्छ’ । उनले भनेका छन् । शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने उनले बताएका छन् ।