नायक पल शाह तनहुँ प्रहरीमा पुग्नुअघि कहाँ लुकेर बसेका थिए ?

काठमाडौं । नायक पल शाह आइतबार अपराह्न तनहुँ प्रहरीमा उपस्थित भए । प्रहरी कार्यालयमा पुग्नु अघि सामाजिक संजालबाट आफ्ना मागहरु राख्दै पलले आँफुलाई एक पटक फिल्म हेर्न दिन समेत आग्रह गरेका थिए । प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका पललाई प्रहरीले अब अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गर्नेछ।

प्रहरीका अनुसार पल गायिकाले उजुरी दिए लगत्तै सम्पर्कविहिन बनेका थिए । नाबालिकाले आफूलाई ज ब र्ज स्ती क र णी गरेको भन्दै बुबामार्फत तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि शाह फरार थिए। त्यसयता शाहल‍े तीनपटक मोबाइल नम्बर प्रयोग गरेको प्रहरीले जनाएको छ ।

फागुन १३ गते राति उनी नयाँ नम्बरबाट मन्डिखाटारमा देखिएका पल आइतबार बिहान तनहुँमा पुगेर फेसबुक स्टाटस राख्दा पनि अर्कै नम्बरको प्रयोग भएको प्रहरीले जनाएको छ । पल सम्र्पकविहिन भएदेखि प्रहरीले उनीसँग सम्पर्कमा आउनसक्ने विभिन्न व्यक्तिलाई सोधपुछ गरेको थियो ।