पललाई सम्झेर भावुक बनिन् पुजा शर्मा, भनिन् ‘सत्यको जित अबश्य हुन्छ

काठमाडौं – यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक(पटक प्रदर्शन अड्किएको फिल्मले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । कोरोनाले शिथिल अवस्थामा पुगेको फिल्म क्षेत्रलाई यो फिल्मले पुर्नजीवन दिने अपेक्षा गरिएको छ । सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ ।

यसै क्रममा प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् । आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् ।सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् । ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन् ।

‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पीडा मलाई थाहा छ । प्रेमगीत(२ मा म हिँड्न पाएको थिइनँ । अहिले पललाई के भइरहेको होला रु उसको फिलिङ्स के होला रु आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं । यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ । दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन ।

यस्तै हलमा पललाइ नै सम्झेर पुजासंग फ्यानहरुले अंगालो हालेर धरधरी रोएको पनि भिडियो अहिले सार्वजनिक भएका छन् । पलका फ्यानहरुले पललाइ धेरै मिस गरेको भन्दै पूजालाई सान्तोना दिन हाल सम्म चलचित्र हेर्न आएको बताएका छन् ।

हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद पनि फिल्मले काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि थप शो बढ्ने निर्माण टिमको विश्वास छ ।

स्टारकास्ट र गीतसंगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मलाई प्रदर्शनको पहिलो हप्तामा नै शनिवारबाहेक दुईवटा सार्वजनिक विदा मिलेको छ । फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा फिल्मले राम्रैसँग उठाउने देखिन्छ । सार्वजनिक विदामा आश गरिएका फिल्मको व्यापारमा उछाल आएको धेरै उदाहरण छन् ।

बुधवार राजधानीमा भएको प्रिमियरमा वाहवाही बटुलेको फिल्मले एक सुपरस्टार गायक र एक नवोदित गायिकाबीचको प्रेमकथा भन्छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको मुख्य भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत छ ।