अधिवक्ताको दावी ‘पलले उन्मुक्ती पाउने कानुनी आधार छन्’ दुर्गेश लगायतलाई सजाय हुन्छ (हेर्नुस भिडियो)

काठमाडौ । अहिले पल र ति किशोरीको पक्ष विपक्षमा वयानहरु सार्वजनिक भइरहेका छन् । पल र ति किशोरीको प्रेम सम्बन्धका बारेमा धेरै पहिला देखि नै समाचारहरु सार्वजनिक भइरहेका थिए । एउटा राष्ट्रिय अनलाईनमै त्यो विषयमा समाचार बनेपछि सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भए ।

पछिल्लो समय पल शाहलाई विवाहको द’वाव दि’एको र पलले विवाह गर्न इन्कार गरेको अडियो क्लीप पनि सोही मिडियाले सार्वजनिक गर्यो । जुन दिन किशोरीले प्रहरीमा उजुरी दिइन् त्यही दिन अडियो पनि सार्वजनिक भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि शाह भने अहिले सम्पर्क वाहिर छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

फ’रार रहेकै पलले पनि सामाजिक सञ्जालमा आफुलाई फ’साउन गि’रो’ह नै लागेको भन्दै केही आफ्ना साथीको नाम सहित अडियो सार्वजनिक गरे । त्यसपछि पलका पक्षमा माहोल देखिएको छ । यद्धपी नाबालिकालाई कर णी गरेको तथ्य सार्वजनिक भएका कारण उनले गरेको काम गैरकानुनी हो । उनी सजायको भागीदार बन्नुपर्छ ।

यता केही अधिवक्ताहरुले भने पलले पनि सफाइ पाउन सक्ने केही तथ्य सार्वजनिक गरेका छन् । युट्युव च्यानलमा अन्तरवार्ता दिँदै एक अधिवक्ता यज्ञमणी न्यौपानेले पलको अनुमति विना उनले बोलेको अडियो मिडियामा सार्वजनिक गर्ने ब्यक्ति पनि सजायको भागिदार हुने बताएका छन् ।

उनलाई सुनियोजित रुपमा फसाएको र आफु अनुकुल प्रमाण जुटाउन अनेक जा’लझे’ल गरेको देखिएकाले त्यो पनि गैरकानुनी हुने बताएका छन् । प्रमाण स्वतफुर्त रुपमा हुने कुरा हुन् भन्दै प्रमाण संकलनका नाममा कसैलाई अनुचित द’वा’व वा षडयन्त्र गर्न नमिल्ने त्यस्ता ब्यक्ति उपर हुने कारवाहीको कुरा पनि अधिवक्ता न्यौपानेले खुलाएका छन् ।