पललाई सम्झेर पूजाको अंगालोमा फ्यानहरुको रुवाबासी (हेर्नुस भिडियो)

काठमाडौं – यस वर्षको आशातित फिल्म ‘म यस्तो गीत गाउँछु २’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन अड्किएको फिल्मले निर्माण सकिएको २ वर्षपछि प्रदर्शनको अवसर पाएको हो । कोरोनाले शिथिल अवस्थामा पुगेको फिल्म क्षेत्रलाई यो फिल्मले पुर्नजीवन दिने अपेक्षा गरिएको छ ।

सुख्खा भएका हलहरुमा दर्शक फर्काउने आश गरिएको छ । यसै क्रममा प्रहरीको खोजीमा रहेका नायक पल शाहको तस्बिर अंकित टिशर्ट लगाएर नायिका पुजा शर्मा सिनेमा हलहरूमा पुगेकी छन् । आफूले निर्माण तथा अभिनय गरेको ‘म यस्तो गीत गाउँछु २’ को रिलिजका क्रममा आज उनी दर्शकको फ्लो हेर्न विभिन्न हलमा गएकी हुन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा पुजाले फेरि एकपटक पललाई सम्झेर भावुक बनिन् । ‘सत्यको जित हुने’ भन्दै उनले पललाई कसैले केही गर्न नसक्ने दाबीसमेत गरिन् । ‘आफ्नो फिल्मलाई आफ्नो भनेर हिँड्न नपाउँदाको पीडा मलाई थाहा छ । प्रेमगीत-२ मा म हिँड्न पाएको थिइनँ ।

अहिले पललाई के भइरहेको होला ? उसको फिलिङ्स के होला ? आज पल एकदम मिस भइरहेको छ । तर पनि हामी सँगै छौं । यो नै सबैभन्दा ठूलो जित हो । म बोल्दाखेरि मसँगै मेरो पल पनि जानुपर्छ ।’ ‘पललाई कसैले केही गर्न सक्दैन । यो मेरो हन्ड्रेड पर्सेन्ट विश्वास हो । सत्यको जित हुन्छ । एक न एकदिन पल आउँछ ।

दर्शक साथमा छन् भने कसैले केही गर्न सक्दैन । यस्तै हलमा पललाइ नै सम्झेर पुजासंग फ्यानहरुले अंगालो हालेर धरधरी रोएको पनि भिडियो अहिले सार्वजनिक भएका छन् । पलका फ्यानहरुले पललाइ धेरै मिस गरेको भन्दै पूजालाई सान्तोना दिन हाल सम्म चलचित्र हेर्न

आएको बताएका छन् ।

हलिउड फिल्म ‘अनचार्टेड’, बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ र साउथको हिन्दी डब ‘भलीमई’ का बावजूद पनि फिल्मले काठमाडौंसहित मोफसलका मल्टीप्लेक्सहरुमा ठूलो शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रवार २५ शो र शनिवार २७ शो बाँडेको छ । साँझसम्म शनिवारका लागि थप शो बढ्ने निर्माण टिमको विश्वास छ ।

स्टारकास्ट र गीतसंगीतका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मलाई प्रदर्शनको पहिलो हप्तामा नै शनिवारबाहेक दुईवटा सार्वजनिक विदा मिलेको छ । फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा भएकाले यसको फाइदा फिल्मले राम्रैसँग उठाउने देखिन्छ । सार्वजनिक विदामा आश गरिएका फिल्मको व्यापारमा उछाल आएको धेरै उदाहरण छन् ।

बुधवार राजधानीमा भएको प्रिमियरमा वाहवाही बटुलेको फिल्मले एक सुपरस्टार गायक र एक नवोदित गायिकाबीचको प्रेमकथा भन्छ । सुदर्शन थापा निर्देशित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर अधिकारी, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाय लगायतको मुख्य भूमिका छ । सञ्जय लामाको छायांकन रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत छ । भिडियो-