हार्दिक बधाई ! ईन्द्रेणिको कृष्ण कडेल लाई मिल्यो यती ठुलो सफलता, बधाइ दिनेको लाग्यो ओईरो (भिडियो सहित हेर्नुस )

इन्द्रेणी एक चर्चित कार्यक्रम हो , ईन्द्रेणिलाई मन नपराउने सायदै कमै होलान यसका सन्चालन कृष्ण कडेल हुन्, पछिल्लो समय हेर्ने हो भने युटुब बाट भाईरल भएका सबै इन्द्रेणी पुगेको देख्न सकिन्छ्, पछील्लो समय पनि धेरै जना गीत गाएर भाईल बनेका सबै इन्द्रेणिमा पुगेर गीत गाएको देख्न सक्छौ ।

कार्यक्रम ईन्द्रेणी बाट धेरै दुखी पिडित को पनि उद्दार भएको पनि हामीले देख्न सक्छौ , अहिले उक्त कार्याक्रम सबै सामु हिट छ, हट टु हट नेपाल संस्थाले समाज सेवामा पु¥याएको योगदानको कदर गर्दै कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रममा सञ्चालक कृष्ण प्रसाद कंडेललाई विश्व मुटु दिवसको अवसरमा सम्मान गरेको छ ।

सेप्टेम्बर २९ लाई विश्वभर मुटु दिवस मनाउन थालिएको अवसरमा यस संस्थाले एक समारोहका बीच स्वास्थ क्षेत्र तथा समाज सेवामा बिषेश योगदान पु¥याउनेलाई सम्मान गरेको हो ।कार्यक्रममा विशेषत मुटु रोगीलाई विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुको सहयोगमा मार्फत १२ वर्ष देखि योग्दान पु’याउदै आएका फाउण्डेशनका अध्यक्ष कंडेललाई सम्मान गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरेको हट टु हट नेपालका अध्यक्ष विपिन राईले बताए ।यस वर्ष सम्मानित हुनेहरुमा अध्यक्षसहित मुटु रोग विशेषज्ञ डा ।रवि मल्ल, क्यान्सर रोग विशेषज्ञ डा ।राजेन्द्र प्रसाद बराल, मृगौला रोग विशेषज्ञ प्रा ।डा ।ऋषिकुमार काफ्ले र नशा रोग विशेषज्ञ डा बसन्तराज पन्तलाई सम्मान गरेको छ । कार्यक्रमा प्रमुख अथिति स्वास्थ तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, बिशिष्ट अथिति ललितपुर महानगरपालिका नगर प्रमुख चिरिबावु श्रेष्ठ, विशिष्ट अथिति मुटु रोग विशेषज्ञ डा । भगवान कोइरालालगायतको सहभागी थिए ।