यूक्रेन घटनाले विश्व युद्धको संकेत नगर्ने रहेछ । ढुक्क महसुस भयो ।

ए. पोख्रेल,

१. पुटिनले आणविक बम प्रयोग गर्नु पर्ने संभावित राष्ट्र टर्की हुन सक्छ शायद । युक्रेनसंगको लडाइँमा कोही बीचमा आयो भने एटम बम (वा सानो खालको हाइड्रोजन बम?) हान्छु भनेर, खुले आम घोषणा गरेका छन् ।

२. सन् १९४९ मा १२ देशहरू मिलेर बनेको गठबन्धनमा हालसम्म ३० राष्ट्रहरू नाटो (NATO) मा सदस्य छन् ।

३. युक्रेनको वरिपरिका राष्ट्रहरू मध्ये सबैभन्दा खुंखार पुरानो राष्ट्रहरू भनेको ग्रीस र टर्की (सन् १९५२ देखि नै छन्) मात्र हुन । बाकी जर्मनी १९५५ अनि स्पेन १९८२ लगायत अन्य आठ राष्ट्रहरू अलि टाढा छन् ।

४. यस मध्ये उग्र भएर विश्व नरसंहारमा भाग लिँदै आएको राष्ट्र भनेको टर्की हो । यो राष्ट्र हजारौं हजार निर्दोष जनताको हत्यामा संलग्न भएको छ, जस्तै इराक युद्द आदि।

५. अन्य राष्ट्रहरू सन् १९९० को दशकमा मात्र नाटो गठवन्धनमा सामेल भएका हुन् । जस्तै चेज रिपबलिक, हंगेरी र पोल्याण्ड सन् १९९९ मा मात्र सदस्य बनेका हुन् ।

६. पूर्व सोभियत संघका राष्ट्रहरू मध्ये जस्तै: स्टटोनिया, लाटीभिया, लिथुआनिया र अन्य राष्ट्रहरू रोमानिया, स्लोभाकिया र स्लोभेनिया सन् २००४ मा मात्र सदस्य बनेका थिए। त्यसै गरि अल्बानिया र क्रोसिया सन् २००९ मा सदस्य राष्ट्रहरू बने भने, मोन्टेनिग्रो र नर्थ मेसेडोनिया अस्ति भर्खर सन् २०२० मा सामेल भए ।

७. स्मरणीय छ, जति पनि सन् १९९० पछि नाटोमा पूर्वी युरोपका देशहरु छन्, रसियासंग गरिएको सन् १९९६ (यो मिति मैले बिर्सिए अहिले ) को सहमति र समझौता विपरीत सदस्य बनाइएको हो । अझ पछिल्ला दिनहरूमा त ती राष्ट्रहरूमा थप आणविक हतियार तथा मिसायल नराख्ने समेत सहमति भएको थियो । जे जति छन् ती मात्र ।

८. बुँदा सात सहित विपरीत, पोल्याण्डमा थप हातहतियार तथा मिसायलहरु मस्को तीर सोझो पारिएको छ नेटोको गठ बन्धनबाट । यसरी रसिया रिसले चुर चुर हुनाको अर्को कारण यो पनि हो । उता यूक्रेन त्यही गर्दै थियो अस्तिसम्म । सन् २०१४ (वा २०१६?) मै निवेदन हालिसकेको छ नाटो सदस्यको लागि । हतियार नाटोले अनौपचारिक रूपमा युक्रेनमा थुपार्दै थियो । भनिन्छ मिसायल भण्डारण पूर्वाधार खडा गरेको छ भनेर ।

९. अहिले व्यापक संभावना भएको भनेको टर्की, पोल्याण्ड र हंगेरी हुन। पोल्याण्डमा आणविक मिसायलहरु रसियाको मस्कोतीर ठाडो पारेर राखिएको छ, भनिएको थियो। मस्को निकै नजिक पर्न जान्छ।

१०. तर यसको इतिहास रसिया संग मिलेर अघि बढेको हो । त्यसैले यसले र हंगेरीले अहिलेको संकटमा आफ्नो भूमि प्रयोग गर्छन् भन्ने लाग्दैन मलाई, ताकि रसियन विनासकारी आणविक बमबाट केही मिनट भित्र आफ्नो देश लाभा जस्तै पग्लियोस् ? कुन मूर्ख शासकले आफ्नो भूमिलाई लाभामा बदल्ने कुचेष्टा गर्छ ! त्यो टर्कीले गर्छ शायद, यदि गर्यो भने । उसको इतिहास खुन खराबामा डुबेको छ।

११. अर्को तर्फ टर्की, त्यो युक्रेनको छेऊमा रहेको व्याल्याक सागर (Black Sea) को पारी पट्टी छ । जुन पोल्यान्डको भूमि जस्तै बहुत सुगम हुनेछ दुवै (युक्रेनमा रहेका रसियन फाइटर र रसियाको मुख्य भूमि हान्न) तर्फको लागि ।

१२. त्यति मात्र कहाँ होर, अन्य सदस्य राष्ट्रका सेनाहरू हात हतियार सहित जम्मा हुन पनि सजिलो भयो, मेडीटरियन सागरको कारण ।

१३. नाटो संग मिलेर इतिहासमा यो धेरै ठाउँमा नरसंहारमा भाग लिएको हुँदा, टर्की बलियो संभावित राष्ट्र हुने छ । यही भूमीबाट नाटोले पुटिनलाई तर्साउने दुस्साहस गर्ने छ, यदि गर्यो भने ।

१४. यसरी बलकान क्षेत्रको टर्की, निमेष भरमै रसियन आणविक बमको रापमा पग्लिदै झोल बनेर मेडेटेरियन सागरमा बग्दै, विश्वको दोस्रो बम खाने राष्ट्र बनेर सधैंको निम्ति अस्ताउने छ !

१५. त्यो घटना पछि सम्पूर्ण नाटो राष्ट्रहरू पछि हट्ने छन् । तेर्सो विश्व युद्द हुने छैन, दशकौ सम्म इंडिया समेत आफ्नो ठाउँमा बस्ने छ, ताकि पाक तथा चिनियाँसँग चुपचाप ।

१६. यदि टर्कीले पनि यो मामलामा नाटो लाई सहयोग गरेन भने, पुटिन नयाँ खेलाडी बनेर अमेरिकीहरुको नाक घोप्टो पार्ने छन् । पुटिन नयाँ सिकंदर बनेर पुरानो इतिहासमा केही हदसम्म रमाउने छन्।
अस्तु ।
ए. पोख्रेल ।