प्रहरी भन्छ ‘पल शाह फरार छन्, फेला पर्ने बित्तिकै समात्छौँ’

काठमाडौँ । प्रहरीले नायक पल शाहको खोजीकार्यलाई तिब्र पारेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह ९पूर्ण विक्रम शाह० को खोजी थालेको तर पल प्रहरीको सम्पर्कमा नआएको र फेला पर्ने बित्तिकै नियन्त्रणमा लिइनेछ ।

तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काका अनुसार १७ वर्षीया गायिका समिक्षा अधिकारीले तनहुँमा बुधबार बलात्कारको जाहेरी दर्ता गरे लगत्तै उनको खोजीकार्य सुरु गरिएको छ ।

तनहुँमा जाहेरी परेकाले शाहलाई समातेर दमौली लगेर बयान लिने प्रहरीको तयारी छ । जाहेरीमा शाहले देखावटी माया – प्रेम गरेको बहाना गरी भिडिओ सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएको उजुरीमा उल्लेख छ।

यस्तै म्युजिक भिडियो सुटिङ गर्न पोखरा, चितवन, बाग्लुङ, तनहुँ समेतका स्थानमा काम सकेर होटलमा बास बस्दा पटक – पटक बलात्कारको प्रयास गरेको उल्लेख छ।

यसैबिच गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेसँगै तनावमा रहेका नायक पल शाह आफ्नो प्रतिक्षित चलचित्रको प्रिमियरमा अनुपस्थित बनेका छन् । बुधबार कीर्तिपुरमा भइरहेको ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियरमा पल नगएपछि उनको खोजी झनै भइरहेको छ ।

पल अनुपस्थित भएको कार्यक्रममा दिपकराज गिरी, दिपाश्री निरौला, गौरी मल्ल, निरुता सिंह, वर्षा राउत, संजोग कोइराला, सरोज खनाल, सुनिल कुमार थापा , प्रियंका कार्की , आयुष्मान देशराज लगायतका कलकारहरु भने उपस्थित थिए ।

कोरोना महामारीका कारण पटक पटक सारिएको फिल्मको प्रर्दशन यही फागुन १३ गतेबाट प्रर्दशन हुने तयारी गरिएको छ । यद्यपी पल र समिक्षा प्रकरणका कारण फिल्मलाई कस्ते असर पर्ने हो त्यो भने केही समयमा नै थाहा लाग्ला ।

आफ्नै फिल्मको प्रिमियरमा पल शाह अनुपस्थित बन्दा ढिला गरि पुगेकी पूजाको अनुहार मलिन देखिएको थियो । सो अवसरमा बोल्दै पूजाले मानिसको जीवन नै आरोह अवरोहले भरिएको र सबैको जीवनमा सुख र दुःख आइपर्ने बताइन् ।