“मन”- आबेश कुमार श्रेष्ठ

मन,
तँ एउटा छस् तेरो रुप अनेक । तँलाई मार्न खिज्यो तँ अश्वस्थामा झैँ अमर हुन्छन् । तँलाई चिन्न खिज्यो तँ गिर्गेटले झैँ रुप बढ्ल्छस् । तँलाई अगाल्न खोज्यो तँ काँडा बनी च्वास्सच्वास्स घोच्छस् । तँलाई बुझ्न खोज्यो तँ मौन हुन्छस् । तँलाई पढ्न खोज्यो तँ जटिल हुन खोज्छस् । अब भन्न तँलाई म के गरौं ?
तँ सानोतिनो कुरालाई खेलाउन्दै पिरोलिँदै बस्छस् । आफन्तका सानोतिनो कुरालाई पनि एकदम गम्भीर रुपमा लिन्छस् । आज यसले मलाई यस्तो भन्यो उस्तो भन्यो यस्तो गर्‍यो उस्तो गर्‍यो भन्दै गुनासो पोख्छस् । आफ्नो आलोचना आफैं गर्छस् । अलिकति तँ आफैं प्रति बफदार हुन सक्दिनस् ? आफ्नै कुण्ठा गर्छस् । आखिर किन त ?
हिम्मत हारिरहेको छस् । आफैं भित्र आत्महत्या गर्न खोजिरहेको छस् । आखिर किन यस्तो गर्दै छस् ? किन तैले आफूले आफूलाई बुझ्न सक्दिनस् । आखिर किन त फरकफरक रुप देखाउन्छस् । तँ र म त जिन्दगीभर साथ हिँड्नु पर्ने सहयात्री होइनौं र ? तैले आजकल मेरै कुरा सुन्न छाडेको छस् । तैले जे मन लाग्छ त्यही गर्न थालेको छस् । तँ आजकल कसैको कहितमा बस्न मन पराउन्नस् । खुब पैसा तिर आकर्षित भएको छस् होइन ? खुब स्वार्थी पनि हुँदै छस् होइन ? खुब एकान्त मन पराउने पनि भएको छस् होइन ? आफन्तको सानो बचनलाई खेलाउन्दै आँखासम्म त्यो कुरालाई सम्प्रेषण गरेर खुब रुवाउने बनाको छस् होइन् ? खुब जिद्दी भएको छस् होइन ? तँलाई आजकल कोहीसँग वार्तालाप गर्न मन लाग्दैन होइन त ? त कस्तो एकलकाटे भएको हेर त ? तैले आफ्नो अस्तित्व नै गुमाएको जस्तो लाग्दैन ? किन रातभरि छट्पटिन्छस् ? किन रातभरि सास फेर्न गाह्रो भएको महसुस गर्छस् ? एउटै असफलताको बारेमा किन दिनरात सम्झिन्छस् ? किन आफैंले आफैंलाई सान्त्वना दिन सक्दिन्छस् ? सबै खेलमा जित्न सकिन्न थाहा छ तँलाई होइन र ? सबै खेलमा एउटै खेलाडीको प्रस्तुति एउटै हुन्न त बुझ्न प्रयास गर्न् ? अब ढिलो भैसक्यो । अब अति जिद्दी नभो न । मेरो कुरा सुन्ने गर । अरुको कुरालाई खेलाउने नगर्न । अब सबैसँग मिल्न खोज्न । अब हाँस्न सिक्न । अब रम्न सिक । रहर र सपनालाई पूरा गर्न सिक ।
आजकल मैले पटकपटक सम्झाउँदा पनि तँ अलिकति पनि सम्झिदिनस् किन हो ? मलाई प्रश्न सोधपुछ गर्दा त वार्तालाप गर्नै बन्द गर्दिन्छस् । मैले त्यस्तो के गल्ती गरे त्यो त भन । म प्रति तेरो गुनासो त पोख । म सुनिरहन तयार छु । तँ त्यसै अतारिन्छस् । तँ मसँग कुरा नै नगरी बस्न रुचाउन्छस् । अब भन म तँलाई कसरी बुझाउँ । तँ बिना मेरो जिन्दगीको कुनै सार्थकता छैन । अब त आइज मेरो कुरा सुन तेरो कुरा सुना । हामी पुनः सम्झौता गरि अघि बढ्यौ । तेरो सम्बन्ध फेरि मस्तिष्कसँग जोड्यौ । आइज अब धेरै समय भैसक्यो । अब त केही जवाफ दे । किन नि:शब्द छ्स् ।ल? यो बाहिरी दुनियाँ तँलाई हेप्यो भनेर मसँग कुरा गर्नै छाड्दिने ? के म तेरो सबै भन्दा निकटको साथी होइन ? के तँ मबाट अलग भैसक्या होस् र ? के अब तैले र मैले फरकफरक यात्रा गर्नु पर्ने होर ? जसरी पनि हामी एक नभई यात्रा गर्न सकिन्न । बरु बेलैमा आफूलाई समाल । मसँग साक्षात्कार गर्न आइज । हामी फेरि सँगै हिँडौ । केही भञ्ज्याङ केही देउराली केही उकाली केही ओराली केही मोड केही चोक सँगै हिँडौ । यी परिचीत भित्र अपरिचित भएका जिन्दगीका गल्लीहरुलाई पुनः आत्मीयता साटेर परिचीत हुँदै सँगै हिँडौं । तेरो साथमा कोही नहुँदा म छु त । तँ हार म सान्त्वना दिन आउँछु । तँ आत्मबल कमजोर बन्ना म धैर्य दिन आउँछु । तँ आँसु खसाल म पुस्न आउँछु । तँ डरा म निडरपन लिएर आउँछु । तँलाई म कहिले एक्लो हुन दिने छैन । अब त विश्वास गर केही बोल  केही भन गाली नै गर आलोचना नै गर तर केही बोल केही भन । म तेरो आवाज सुन्न आतुर छु । म तेरो अन्दाज हेर्न पर्खिरहेको छु । अब मलाई धेरै नपर्खा । अब त बोल । अब त केही भन । अब त सबै कुरा पोख ।
— (मन अझै नि:शब्द छ । मन अझै मौन छ । मन अझै शून्यता चाहन्छ । मन अझै बेचैन छ । मन अझै छट्परिरहेको छ । मन अझै आफ्नै आलोचना गरिरहेको छ । मन अझै हिम्मत हारिरहेको छ । अझै बोल्न चाहन्न । रम्न चाहन्न । खुल्न चाहन्न । अध्यारोमा नै बस्न रुचाउन्छ । मन अझै कुनै जवाफ फर्काउन्न । मसँग अझै बोल्दैन । मन अझै………)
✍️ आबेश कुमार श्रेष्ठ