एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ।

एक नेताका अनुसार सोमबार बसेको पार्टी सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको छ।

ती नेताले भने, ‘संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ। विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ। बैठक भोलि पनि बस्छ।’