दोहोरो अंकले बढ्यो नेप्से

साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

सोमवार नेप्से परिसूचक २५.४१ अंकले बढेर २ हजार ७१८ दशमलव ५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स ५.१५ अंकले बढ्दै ५१८.७९ विन्दुमा कायम भएको छ ।

सोमवार कुल २ सय २४ कम्पनीको ४९ लाख ९२ हजार २६५ कित्ता शेयर २ अर्ब ९९ करोड ७२ लाख १९ हजार २८ रुपैयाँमा कारोबार भएको छ । सोमवार युनाइटेड आइडीआइ मार्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

यस दिन नविल डिवेन्चर २०८५ का लगानीकर्ताले सर्वाधिक बढी १.९५ प्रतिशतले गुमाएका छन् ।