एमसीसी पेस भएपछि संसद बैठक बिहीबारसम्मलाई स्थगित

काठमाडौं, ८ फागुन -प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।उनले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’