संसदमा गठवन्ध दलकै यी सांसहरुले गरे एमसीसीको विरोध, प्रधानमन्त्री देउवा भने दंग

काठमाडौं ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल हुँदा गठवन्धन दलका सांसदहरुबाट संसदहल भित्रै विरोध भएको छ । एका पट्टि एमालेका सांसदको विरोध भइरहँदा अर्को तिर गठवनधन दलको माओवादी र नेकपा एसका नेताहरुले एमसीसीको विरोध गरिरहेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुर्सीमा बसिरहँदा अर्का नेता कृष्णहादुर महरा, रिराजमणि पोखरेल, देव गुरुङले भने उठेरै विरोध जनाएका थिए । त्यसैगरीएकीकृत समाजवादीका वरिष्ठ नेता नेता झलनाथ खनाल रोष्ट्रममै पुगेर नाराबाजी गरेका थिए ।

एमसीसी संसदमा टेबल गर्न भन्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द बहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गर्न रोष्ट्रममा पुगेपछि एमाले नेता भीम रावलले पनि उठेरै विरोध जनाएका थिए ।

साथै नेमकिपाका प्रेम सुवाल, जनमोर्चाकी दुर्गा पौडेलले पनि एमसीसीको विरोध गरेका थिए ।

यता प्रधानमन्त्री शेरबहादुर देउवा भने सबै रमिता हेर्दे दंग देखिन्थे