कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं। प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। सत्तारुढ गठबन्धनको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी आजको बैठकमा टेबल गर्ने सहमति भएको छ।

सहमतिसँगै कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्ने कार्यसूची तय गर्नेछ। तर, सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले भने अनुपस्थित भएको छ।

संसद बैठक दिउँसो १ बजे बस्दैछ।