बिग बोस १५’ फेम प्रतीक सहजपाल ‘रंग सोनेया’ बाट संगीतमा डेब्यु गर्दै , को संग गर्दै छन् त रोमान्स्

टिभी रियालिटी शो ‘बिग बोस १५’ बाट चर्चामा आएका प्रतीक सहजपालका फ्यानका लागि खुसीको खबर आएको छ । ‘बिग बोस १५’ का फर्स्ट रनरअप प्रतीक सहजपाल देसी म्युजिक फ्याक्ट्रीको ‘रंग सोन्या’ गीतबाट संगीतमा डेब्यु गर्न लागेका छन् । यस गीतमा प्रतीकले अभिनेत्री अरुब खानसंग रोमान्स गर्दैछन् । अरुब खानको स्वरमा रहेको यस गीतको शब्द बब्बुले लेखेका हुन् ।

अरुबको हिट रेकर्ड हेर्दा यो गीतसँगै उनी अर्को हिट गीत दिने तयारीमा छन् । अरुब र प्रतीक सहजपालको केमेस्ट्री दर्शकले हेर्न लायक रहनेछ । यो गीतको पोस्टर सार्वजनिक भएको छ । गीत २३ फेब्रुअरी २०२२ मा रिलिज हुनेछ।प्रतीक ‘रंग सोनेया’ लाई लिएर निकै उत्साहित छन् । यसबारेमा प्रतीक सहजपालले भने, ‘म निकै खुसी छु की अब मैले गीत रंग सोन्यालाई  लुकाउनु पर्दैन ।

यद्यपि मेरा धेरै प्रोजेक्ट आउन बाँकी छन् तर बिग बोसको घरबाट बाहिरिएपछि यो मेरो पहिलो प्रोजेक्ट हो । मेरो गीतको पोस्टर फ्यानहरूका अगाडि ल्याउन पाउँदा धेरै खुसी छु। यस गीतको बारेमा अरुब खान भन्छन्, ‘फेब्रुअरी महिना अर्थात् प्रेमको महिनामा ‘रंग सोनेया’ गीत रिलिज गर्दैछौँ भन्ने मेरो लागि निकै विशेष छ । मेरो यो गीत मार्फत प्रेमको व्याख्या प्रस्तुत गर्ने प्रयास गरेको छु । प्रतीकसँग काम गर्दा फरक अनुभव भयो । उनको ऊर्जा अचम्मको छ। मलाई आशा छ कि फ्यानहरू हामी सबैजस्तै उत्साहित हुनेछन्।