अफसाना खान मेहन्दीमा छमछमी नाचिन्, राखी सावन्तले डोनल बिष्टसँग पुष्पा फिल्मको गीत यस्तो हर्कत देखाईन्

बिग बोस १५ को हिस्सा रहेकी पञ्जाबी गायिका अफसाना खानको विवाहको निकै चर्चा छ । अफसाना फेब्रुअरी १९ मा दुलही बन्दैछिन् । विवाहअघि अफसानाको विवाहपूर्व समारोहको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अफसाना खानको मेहन्दी समारोह १८ फेब्रुअरीमा भएको थियो ।

यहाँ बिग बोसका प्रतियोगीहरुको जमघट भएको थियो । डोनाल बिष्ट, राखी सावन्त, हिमांसी खुराना, उमर रियाज, प्रिन्स नरुला, युविका चौधरी, अक्षरा सिंह, शेफाली बग्गाले अफसाना खानको मेहन्दी र हल्दी समारोहमा भाग लिए। डोनल बिष्टले एउटा भिडियो सेयर गरेकी छिन् जसमा अफसाना खान, राखी सावन्त र उनी पुष्पा फिल्मको ओ अन्टवा गीतमा नाचिरहेका छन् ।

ब्राइड टु बी अफसाना खानसँग राखी र डोनलको यो रमाइलो हेर्न लायक थियो । अफसाना खानलाई फ्यान र सेलिब्रेटीहरूले धेरै धेरै बधाई र माया दिइरहेका छन्। अफसाना खान एक प्रसिद्ध पञ्जाबी गायिका हुन्। उनको गीत तितलिया निकै हिट भएको थियो ।