आमा समान मानिन्छ यी ४ अवस्थाकी स्त्री : चाणक्य

आचार्य चाणक्य भन्छन् कुनै पनि महिलाको अपमान गर्नु वा महिलामाथि खराब नियत राख्नु घोर पाप हो । त्यस कारण प्रत्येक व्यक्तिले महिलालाई सम्मान गर्नुपर्दछ। एक महिलाबाट नै व्यक्तिको जन्म हुन्छ । हरेक व्यक्तिको जीवनमा जन्म दिने आमाको स्थान सबैभन्दा माथि हुन्छ ।किनभने एक आमा आफ्नो सन्तानको खुसी र सुरक्षाको लागि सबै कुरा त्याग गर्न तयार हुन्छिन् । तर आमा बाहेक पनि व्यक्तिको जीवनमा चार यस्ता महिला हुन्छन् जो उसको आमा समान हुन्छन् । व्यक्तिले बिर्सिएर पनि उनीहरूलाई अपमान गर्नु हुँदैन।

राजपत्नी गुरोः पत्नी मित्र पत्नी तथैव चपत्नी माता स्वमाता च पञ्चैता मातरः स्मृता राजाकी श्रीमती:आचार्य चाणक्यका अनुसार राजा नै आफ्ना प्रजाको पालनकर्ता हुन् । उनी आफ्नो प्रजाको हितको लागि सबै काम गर्छन् । यही कारणले गर्दा राजालाई बुबा समान दर्जा दिन्छ। राजाकी श्रीमतीलाई सधैँ आमा समान सम्मान दिनुपर्छ।गुरु पत्नी:सबैभन्दा पहिले एक बच्चाको जीवनमा उसको आमा हुन्छिन् तर एक समय पछि गुरु त्यो व्यक्ति हुन् जसले व्यक्तिको जीवनलाई सही मार्ग देखाउँछन् ।

सही जीवन बिताउने सही मार्ग सिकाउँछन्। गुरुको स्थान श्रेष्ठ मानिन्छ, गुरुलाई बुबाको जस्तै सम्मान दिइन्छ। गुरुकी श्रीमतीलाई सधैँ आमाको समान आदर राख्नुपर्दछ।साथीकी श्रीमती:साथी वा दाजुकी श्रीमती अर्थात् भाउजूलाई आमाको समान दर्जा दिइएको छ । त्यसै कारण, साथी वा दाजुकी श्रीमतीलाई सधैँ आमाको समान सम्मान दिइनु पर्दछ। उनलाई कहिल्यै गलत नजरले हेर्न हुँदैन।

श्रीमतीकी आमा (सासू)श्रीमती तपाईँको जीवनमा आएर त्याग गरेर खुसी दिन्छन्। त्यसै कारण जसरी आमाको स्थान हुन्छ, त्यस्तै गरी श्रीमतीकी आमा सासूलाई पनि सम्मान गर्नुपर्दछ। त्यस्तै श्रीमानले पनि आफ्नो श्रीमानकी आमालाई प्रेम र सम्मान दिनुपर्दछ। यसै प्रकार श्रीमतीले पनि आफ्नो श्रीमानको आमालाई पनि माया र सम्मान दिनुपर्छ जसले आफ्नो आमालाई दिन्छ ।