एमसीसी संसदमा टेबल गर्न नेकपा एसले राख्यो यस्तो शर्त

काठमाडौं। नेकपा एकीकृत समाजवादीले दलहरुबीच सहमति जुटेमा एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरेको छ। आज बसेको एसको बैठकले सहमति जुटेमा एमसीसी टेबल गर्न दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। नेकपा एसले त्यसका लागि संसदको अवरोध हटाउनु पर्ने समेत बताएको छ।

बैठकले यथास्थितिमा एमसीसी पास गर्न नसकिने ठहर समेत गरेको छ। परिमार्जनसहित सहित पास गर्न सकिने तर अहिलेकै अवस्थामा पास गर्न नसकिने निर्णय गरेको खतिवडाले बताए। एमसीसीबारे थप निर्णय गर्ने अधिकारी पार्टी सचिवालयलाई दिएको उनले उनले बताए।

‘टेबल गर्ने कुरामा हाम्रो धेरै आपत्ति छैन तर यसका केही विषयहरू स्पष्ट हुनुपर्छ। जबरजस्ती टेबुल गरिने छैन,’ उनले भने, ‘यसका लागि सहमति हुनुपर्छ। संसद्को अवरोध हट्नुपर्छ। अनि मात्र टेबल गर्ने वातावरण निर्माण हुनसक्न भन्ने हाम्रो धारणा छ।’ बैठकमा वरिष्ठ नेता झलनाथ खनालले कार्यदलले एमसीसीबारे गरेको अध्ययनको विषय प्रस्तुत गरेका थिए।