ओलीले दिए गठवन्धन सरकारलाई यस्तो चेतावनी ! पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउँछु

काठमाडौं ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारलाई कडा चेतावनी दिएका छन् ।

गठबन्धनको आयु बढीमा एक वर्ष रहेको दावी गरेका उनले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका हुन् ।

शनिबार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले आफ्नो पार्टी चुनाव जित्नका लागि सरकारमा नजाने भन्दै जनताको काम गर्न जान चाहेको स्पष्ट पारेका छन् ।

नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ उनले भने एमाले बलमा नभई जनताको मतले चुनाव जित्ने दावी गरेका छन् ।

उनले भने ‘जनताले एमालेमाथि विश्वास गरेको छ, हामीले मतदाता किन्दैनौ, अनावश्यक खर्च गर्दैनौं ।’