लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं : बाबुराम

काठमाडौं ७ फागुन । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ‘नेपाली इतिहासमा पहिलो चरणको लोकतन्त्र (सीमित निजी स्वतन्त्रता र राजतन्त्र सहितको उदारवादी प्रजातन्त्र) शुरू भएको दिन २००७ फागुन ७ गतेको सन्दर्भमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शनिबार सामाजिक सञ्जाल मार्फत जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका नेता भट्टराईले शुभकामना दिँदै लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं भनेका छन् ।

‘नेपाली इतिहासमा पहिलो चरणको लोकतन्त्र (सीमित निजी स्वतन्त्रता र राजतन्त्र सहितको उदारवादी प्रजातन्त्र) शुरू भएको दिन २००७ फागुन ७ गतेको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं ।’

उनले लेखेका छन्, ‘नेपाली इतिहासमा पहिलो चरणको लोकतन्त्र (सीमित निजी स्वतन्त्रता र राजतन्त्र सहितको उदारवादी प्रजातन्त्र) शुरू भएको दिन २००७ फागुन ७ गतेको सन्दर्भमा सबैमा हार्दिक शुभकामना ! लोकतन्त्र निरन्तर विकसित हुँदै जाने प्रक्रिया भएकाले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गरौं ।’