ओलीका ६ वटा शर्त, देउवालाई

काठमाण्डौ – एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेका प्रस्तावले नेपाली राजनीतिमा नयाँ बहस सृजना गरेको छ । गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमसीसीको पक्षमा नउभिएपछि एकाएक प्रधानमन्त्री देउवा प्रतिपक्षी दल एमाले अध्यक्ष ओली भेट्न उनकै निवास बालकोट पुगेका थिए । उनको साथमा थिइन् पत्नी आरजु देउवा । सत्ता गठवन्धनको बैठकमा सहमति नभएलगत्तै आरजुसहित देउवा ओली निवास बालकोट हानिनुलाई नै कतिपय अर्थपूर्ण रुपमा हेरेका थिए ।

त्यसो त देउवालाई अमेरिकाले कुनै पनि सर्तमा आगामी १६ फागुनसम्म संसदबाट एमसीसी पास गर्न चर्को दबाब दिइरहेको छ । बुधबार राति मात्रै अमेरिकी राजदूत र्‍याण्डी बेरीले देउवासँग बालुवाटारमै भेट गरे । गठबन्धनमा रहेका दलहरु नै एमसीसीको विपक्षमा उभिएपछि देउवाले विपक्षी दलको सहारा खोजेका हुन् । यतिबेला सत्ता घटक दलहरूबीच नै एमसीसीलाई लिएर कित्ताकाँट भएपछि सरकार नै अल्पमतमा परेर संसद विघटन हुने चरम उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री देउवा कुनै पनि सर्तमा एमसीसी संसदमा पेस गर्नेगरी सबै विकल्प खुला गरी दौडधुपमा छन् । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईले देउवा ओलीबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको बताएउँदै तस्वीर सार्वजनिक गरेका थिए ।

ad

 

यस्तै, एमाले उपाध्यक्ष सुवास नेम्वाङले एमसीसी बारे अहिले एमालेको कुनै धारणा नरहेको बताएका छन् । पहिला सरकारमा रहेका दलहरुले एमसीसीबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै उनले थपे, ‘एमसीसीमा एमालेको कुनै धारणा छैन । किनभने उहाँहरूले गठबन्धनबाट केही निर्णय नै गर्नुभएको छैन । संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । विरोध जारी राख्छौं ।’ तर प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार बिहीबार रातिको छलफलमा देउवा सामू ओलीले एमसीसी पास गर्नका लागि सभामुखलाई महाभियोग लगाएर हटाउनेदेखि दुई पार्टी प्रणालीमा जानेसम्मका विभिन्न प्रस्ताव राखेका छन् ।

पहिलो प्रस्ताव : गठबन्धन भत्काएर दुई पार्टी प्रणालीमा जाउ

दोस्रो प्रस्ताव : सभामुखलाई हटाऔं,

तेस्रो प्रस्ताव : चोलेन्द्रलाई पुनस्र्थापित गरौं

चौथो प्रस्ताव : माधव नेपालको पार्टी खारेज गरौंअदालतको मुद्धा ब्यूझाऔंं

पाँचौ  प्रस्ताव : प्रदेश सरकार आफूलाई चाहियो

छैठौं प्रस्ताव : …अनि एमसीसी पारित गरौं