शुक्रबार मात्र राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाही प्रवक्तामा मनोनित

काठमाडौं ६ फागुन । हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को प्रवक्तामा मनोनित भएका छन् ।

शुक्रबार मात्र राप्रपामा प्रवेश गरेका शाहीलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका हुन् ।
शाही प्रवक्ता भएसँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ ।‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ । तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’ लिङदेनले भनेका छन् ।

पार्टीले सुशासन विभाग बनाई त्यसको शाहीलाई प्रमुखसमेत बनाउने उक्त कार्यक्रममा बताएका छन् ।