एमसीसीको विषयमा कुरा मिलेन भने यो गठबन्धन चल्दैन : गगन थापा

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी परियोजना एमसीसीमा सहमति नभए गठवन्धन तोडिने बताएका छन् ।

शुक्रबार संसद बैठक पछि सञ्चार माध्यमहरुसँगको कुराकानीमा नेता थापाले यस्तो बताएका हुन् ।

एमसीसीलाई चुनाव पछि धकेल्ने विषय आफुहरुलाई मान्य नहुने बताएका उनले भने , हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ‘।

यदि एमसीसी राष्ट्रघाती हो भने चुनाव पछि किन धकेल्ने भन्दै उनले भने ,‘यो अहिले राष्ट्रघाति हो भने चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’