दयाहाङ राईसँग नेपाली फिल्ममा काम गर्दै यी भारतीय नायिका तनिष्ठा

काठमाडौं । निर्देशक दीपक रौनियारले भारतीय अभिनेत्रीलाई लिएर चलचित्र ‘द स्काइ इज माइन’ बनाउने भएका छन् ।

भारतीय नायिका तनिष्ठा चटर्जीलाई लिएर बनाउन लागिएको फिल्ममा दक्षिण एसियाको जातिय प्रथाको बिषय उठाइने भएको छ । दीपकले डेविड बार्कर र आशा मगरतीसँग मिलेर लेखेको फिल्ममा चटर्जी ममताको भुमिकामा देखिने निर्माण यूनिटले जनाएको छ ।

फिल्ममा आशा मगराती र दयाहाङ राई पनि मुख्य भूमिकामा रहेको बताइएको छ । तनिष्ठाको करिअरलाई आफुले बिगत १० वर्षदेखि पछ्याइरहेको बताउने निर्देशक दीपकले न बैशाखबाट छायांकन सुरु गर्ने बताए । दीप्कले ‘हाइवे’, ‘ह्वाइट सन्’ र ‘फोर नाइट्स’बाट चर्चा बटुलेका छन् ।