र्‍यापर/इन्जिनियर बालेन शाहको टिप्पणी

फागुन-०६, काठमाडौं । बालेन शाह नेपाली र्‍याप क्षेत्रको एउटा प्रख्यात व्यक्ती हुन् । आफ्नो मौलिक र सिर्जनात्मक शैलीले गर्दा उनी युवा माझ निकै लोकप्रिय छन् । यसै क्रममा बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार दिने कुरापछि केही समय यता निकै चर्चामा आएका छन् । विभिन्न अन्तर्वार्तामा उनीले वर्तमान सरकार प्रति गुनासो पोखिरहेका छन् । युवाहरुलाई लक्षित गर्दै अब युवाले नै देश निर्माण गर्ने अभिभारा हो भन्ने कुरालाई आत्मसात लिएर हिँड्दै छन् । र, उनलाई नेपाली युवाहरुले पनि निकै साथ दिइरहेको पाइन्छ । पछिल्लो चरणमा बालेनले समाजिक सञ्जालला निकै तहल्का मच्चाइउ रहेका छन् । उनको भिजनमा नेपाली युवाहरु निकै आशावादी छन् । बालेनले अहिले यस्तोपनि भनेका छन्, “विगतका दिनहरुमा सबैले सपना के देखाउँछन्, देख्छन् र भन्न खोज्छन् भन्दाखेरी काठमाडौं चाहिँ टोकियो जस्तो हुनुपर्यो, हेर्दाखेरी सिङ्गापुर जस्तो हुनुपर्यो, देखिँदाखेरी भनौं न न्युयोर्क जस्तो हुनुपर्यो। मेरो व्यक्तिगत बुझाई चाहिँ के छ भन्दा काठमाडौं हेर्दाखेरी भक्तपुर जस्तो देखिनुपर्यो क्या! प्रविधिको रुपमा टोकियो, न्युयोर्क जस्तो हौंला तर काठमाडौंको एउटा वास्तु जस्तो वास्तुकला छ, वास्तुविधी छ, वास्तुशैली छ, वास्तुशास्त्र छ त्यो हेर्दाखेरी चाहिँ हाम्रो सपना भक्तपुर जस्तो देखिनुपर्ने थियो। भक्तपुर जस्तो सफा, त्यहाँका बाटाहरु जुन छ अनि त्यहाँका नेवा: शैलीका घरहरु छन्, त्यहाँ मन्दिरहरु छन्। काठमाडौंमा सबैभन्दा पहिला विकास भन्दा पनि व्यवस्थापन चाहिएको छ।”