आज प्रतिनिधि सभा बैठक बस्दै : कार्यसूचीमा परेन एमसीसी

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको छ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।

संसद बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। त्यसले बैठकका कार्यसूची तय गर्नेछ।