अभिनेता प्रभासले पूजा हेगडेलाई यसरी गरे प्रपोज, तस्विर भाइरल

साउथ फिल्म इन्डस्ट्रीको ‘बाहुबली’ मा आफ्नो एक्सनले दुनियाँलाई पागल बनाएका प्रभास चाँडै नै आफ्नो आगामी फिल्म ‘राधे श्याम’ लिएर आउँदैछन् । यसअघि प्रभासले भ्यालेन्टाइन डेमा आफ्ना फ्यानहरूलाई केही विशेष उपहार दिने वाचा गरेका थिए । उनले आफ्नो वाचा पूरा गर्दै सोमबार ‘राधे श्याम’ को नयाँ टिजर सार्वजनिक गरेका हुन् ।

सुपरस्टारले भ्यालेन्टाइन डेको अवसरमा आफ्नो आगामी फिल्म ‘राधे श्याम’ को नयाँ रोमान्टिक टिजर सार्वजनिक गरेका छन् । टिजरमा प्रभास आफ्नो फ्लर्टी अवतारमा देखिएका छन् । प्रभास र पूजाको यो रोमान्टिक टिजरलाई लिएर फिल्ममेकर्सले पहिले नै पोस्ट सार्वजनिक गरिसकेका छन् । यो टिजर तेलुगु, हिन्दी, तमिल, कन्नड र मलायालम भाषामा रिलिज गरिएको छ ।

यसमा प्रभास अर्थात विक्रमादित्यको चरित्र प्रेरणा अर्थात् पूजा हेगडेलाई घुँडा टेकेर प्रपोज गरेको देखिन्छ । फिल्मको यो टिजरलाई फ्यानहरुले निकै रुचाएका छन् । चलचित्रको ट्रेलर यसअघि नै आइसकेको छ । फिल्म रोमान्टिक थ्रिलर हो । जसमा प्रभासको चरित्र विक्रमादित्य विश्व प्रसिद्ध ज्योतिषी हुन् ।

त्यसैले त्यहाँ पूजा हेगडेको नाम प्रेरणा हो। चर्चित प्रभासलाई प्रेमी केटा जस्तै एक्शन हिरोको रुपमा देखेर उनका फ्यानहरुले निकै मन पराएका छन् र उनको पोस्टमा लाइकको वर्षा भइरहेको छ ।