शहिदलखन वडा न ९ बाट ३ लाख मूल्य बराबरको गरगहना सहित नगद चोरी

गोरखा : गोरखाको शहिदलखन गाउँपालिका वडा न ९ नाम्जुङमा ८ घरसहित विद्यालयमा चोरी भएको छ । मंगलवार स्थानीय ८ घर सहित एक बिद्यालयमा चोरी भएको हो ।
सहिद लखन गाउँपालिका वडा नं. ९ को विभिन्न टोलमा ८ घर र एक बिद्यालय तोडफोड गरि नगद, गरगहनासहित अन्य सामान चोरी भएको स्थानीय दिपक पाण्डेले जानकारी दिए । उनका अनुसार नाम्जुङको एक विद्यालयसहित थरीगाउँकाे ६ घर, हुक्कावन र पतेनीगाउँकाे १\१ घरबाट नगद, गरगहनासहित अन्य सामान चोरी भएको हो ।

वडा नं. ९ निवासी लिला प्रसाद ढकालको घरबाट ३ लाख रुपैया मूल्य बराबरको सुनका गरगहना सहित नगद ४५ हजार रुपैया चोरी भएकाे प्रहरीले जानकारी दिएको छ । अन्य ठाउँबाट १५ हजार नगद सहित पसलबाट मदिराजन्य पदार्थ चोरी भएको छ ।

प्रहरीले अनुसन्धानको लागी ५ जनालाई पक्राउ गरी १५ दिनसम्म प्रहरीको निगरानीमा रहने गरी वडा अध्यक्षको रोबरमा छाडिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गाउँमा चोरी आतंक भएपछि स्थानीय त्रसित बनेका छन्न् ।