जापानले माग्यो नेपाली कामदार : मासिक तलब कति ?

काठमाडौं। जापानको ओसाका सहरमा रहेको विभिन्न कम्पनीहरुले विभिन्न पदका लागि १५ जना नेपाली महिला कामदारको माग गरेका छ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कामदारले हप्तामा ५ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ। करार अवधि ३ वर्षे रहेको छ। कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन्।

कामदारले मासिक तलब १ लाख ७४ हजार बढि पाउनेछ । खान बस्नको व्यवस्था कामदार आफैले गर्नुपर्ने छ। इच्छुक कामदारले प्यासिफिक ओभरसिज कन्सल्ट प्रालिको कार्यालय महाराजगंजण् काठमाडौंमा फागुन ११, १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ। यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ।