सत्तागठवन्धनको बैठक अगावै प्रचण्ड, नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल, छलफलको विषय गोप्य

काठमाडौं ५ फागुन । सत्तारुढ दलका एमसीसी विरोधी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल सुरु गरेका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिनै दलका शिर्ष नेताबिच छलफल भएको हो । छलफलमा अध्यक्ष प्रचण्ड , नेकपा एसका अध्यक्ष प्रचण्ड र जसपाका नेता राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए ।

आज साँझ सत्ता गठवन्धनको बैठकमा एमसीसी विषयमा निर्णायक छलफल हुने भएपछि एमसीसीका विपक्षमा रहेका तिनै दलहरुको छलफल सुरु भएको हो । छलफल के विषयमा गरिएको हो भनेर खुलाइएको छैन ।

एमसीसीमा सहमति नभए आजको गठवन्धन बैठक अन्तिम बैठक समेत हुने भएको छ । आजै बिहान प्रचण्ड र प्रधानमन्त्री देउवाबिच भएको भेटवार्तामा पनि देउवा र प्रचण्ड बिच एमसीसीको विषयमा सहमति हुने सकेको थिएन ।

देउवा यस विषयमा आफु आफ्नो पार्टी व्याक नहुने भन्दै अगाडी स्पष्ट पारिसकेका छन् ।