आफ्नै नाबलिका छोरी ब’ला’त्कार गर्ने बुवा पक्राउ

सिन्धुपाल्चोक -आफ्नै छोरीलाई जबर्जस्ति करणी गरी फरार भएका बुवा १५ वर्षपछि पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१३ ठुलोसिरुवारीका ४३ वर्षीय विनोद दुलाललाई प्रहरीले पक्राउ गरेको हो।

२०६३ वैशाख १९ मा दुलालले नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनु अघिदेखि यी आरोपित फरार थिए।

उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले बताए,सर्लाही एक्प्रेस बाट

यो पनि-जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा झुटो विवरण पेस गरी नागरिकता लिन खोज्नेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रोशी गाउँपालिका वडा नं. ८ को वडा कार्यालयबाट आवश्यक विवरण पेस गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाउँ भनि अनुसूची फारम प्रमाणित गरी आएका धर्मराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

धर्मराजले साबिक खार्पाचोक गा.वि.स. वडा नं.३ हाल रोशी गाउँपालिका वडा नं. ८ घर हुने नानी तामाङ र जमुना तामाङको छोरा बनेर आवश्यक कागजपत्र बनाएका थिए । उनले नानी तामाङ र जमुना तामाङको छोरा हुँ भनी जन्म दर्ता प्रमाणपत्र समेत बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिएका छन्

धर्मराजको नक्कली पिता बनेका रोशी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ६४ को नानी तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्नको लागि उक्त प्रमाणित अनुसूची फारम जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरेका थिए ।

वंशजको आधारमा नेपाली नागरिकता पाउँ भन्ने व्यक्ति र छोरा हो भनी सनाखत गर्ने बाबुसँग आवश्यक कुराहरू सोधपुछ गर्दा निजहरूले दिएको जवाफ र सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भई आएको नागरिकताको अनुसूची फारममा उल्लेखित ब्यहोरा फरक पर्न गयो ।

आवश्यक सोधपुछ पश्चात् छोरा हुँ भनी नागरिकता दाबी गर्न उपस्थित भएको व्यक्ति र बाबु हुँ भनी सनाखत गर्न उपस्थित भएको व्यक्ति सहोदर बाबु–छोरा नभएको खुल्न आएको थियो । झुटो विवरण पेस गरी सरकारी कार्यालय समेतलाई झुक्यानमा पारी नक्कली बाबु छोरा बनी जन्म दर्ता समेत बनाई नेपाली नागरिकता लिन खोजेकाले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई नेपाली नागरिकता ऐन २०६३ को दफा २१ बमोजिम हुने कार्य गरी नेपाली नागरिकता लिने उद्योग गरेको कसुरमा आवश्यक अनुसन्धान पश्चात् पक्राउ गरिएको डीएसपी खतिवडाले जानकारी दिएका छन् । पक्राउ पश्चात् काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ ।