स्थानीय तह निर्वाचनका लागि बिहीवारदेखि दल दर्ता खुला, फागुन १५ सम्मकाे समय निर्धारण

निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न आयोगले आह्वान गरेकाे हाे ।

दल दर्ताका लागि निवेदनको ढाँचा आयोगको वेबसाइटबाट डाउनलोड गर्न वा आयोग सचिवालयबाट प्राप्त गर्न सकिने समेत आयोगले जनाएको छ ।

आयोगले निर्वाचन प्रयोजनाको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली, तथा घोषणापत्र, निर्वाचन चिन्हको नमूना र सोको विद्युतीय प्रतिका कागजत पनि संलग्न गर्नुपर्ने जनाएकाे छ ।