छिट्टै विबाह गर्दैछौँ भन्दै नायक सलोन बस्नेतले सार्वजनिक गरे प्रेमिकाको तस्विर

काठमाडौँ । नायक सलोन बस्नेतकी को होलीन् प्रेमिका ? धेरै युवतीहरुको जिज्ञासा हुने गथ्र्यो यो प्रश्न । सोही प्रश्नको उत्तर सामाजिक संजाल मार्फत दिएका छन् सलमोनले ।

कैयौँ हिट फिल्ममा सहनायकको भूमिकामा काम गरिसकेका सलोनले भ्यालेनटाइन्स डेको अवसर पारेर ईन्स्टाग्राम मार्फत आफ्नी प्रेमीका करिश्मासँगको फोटो सेयर गरेसँगै उक्त तस्विर अहिले भाइरल बनिरहेको छ ।

प्रेमीका सँगको तस्बिर सार्वजनिक गर्दै उनले प्रेम सम्बन्ध बारे खुलासा गर्दै आँफुहरु विगत ३ वर्षदेखि सम्बन्धमा रहेको उल्लेख गरेका छन् । सलोनले निकट भविष्यमै करिश्मासँग लगनगाँठो कस्ने संकेत समेत गरेका छन् ।