आफुलाई भन्दा आफ्नालाई प्रेम गर्छन् यी राशिका मानिस !

मिथुन राशी : यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशी को । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन् । उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ।समस्या : तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

कर्कट राशी : यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ ।साथीमाथि निर्भर : कर्कट राशी भएकाहरु प्रेमका साथै आफ्नो समस्या, पीडा र गुनासो भन्न पनि निकै राम्रोसँग आउँछ । उनीहरु तपाईंलाई आफ्नो शत प्रतिशत दिने गर्दछन् र तपाईंबाट पनि यसैको अपेक्षा गर्दछन् । कर्कट राशी भएकाहरु पूर्ण रुपमा आफ्ना पार्टनरमाथि निर्भर हुन्छन् ।उत्कृष्ट जीवनसाथीः घुम्न जान होस् वा कुनै सपिङका लागि । आफ्ना साथी बिना उनीहरुको कुनै योजना बन्दैन । उनीहरु आत्मनिर्भर भइकन पनि आफ्ना साथीप्रति निर्भर हुन्छन् । उनीहरुलाई हरेक समय आफ्ना साथीसँग बस्न मनपर्छ । उनीहरु निकै उत्कृष्ट जीवनसाथी हुनेछन् ।

कन्या राशी : कन्या राशी भएकाहरुलाई निकै लचिलो मानिन्छ । उनीहरु तपाईंको जीवनमा आइपर्ने कुनै पनि समस्याको अगाडि झुक्दैनन् ।यसको साटो उनीहरु यसको डटेर सामना गर्दछन् । यदि उनीहरु कुनै सम्बन्धमा छन् भने आफ्नो शत प्रतिशत दिने गर्दछन् । उनीहरुका लागि प्रेमीभन्दा ठूलो अरु कोही पनि हुँदैन ।निकै क्लिंगी : उनीहरुको ध्यान कहिले पनि आफ्नो प्रेमीभन्दा बाहिर हुँदैन त्यसकारण उनीहरुलाई निकै क्लिंगी मानिन्छ । प्रेमीले के खाइरहेको छ, कोसँग छ, के खाइरहेको छ, कहिले सुत्छ, कहिले उठ्छ । यी सबै कुराको जानकारी हुनुपर्छ । यो स्वभावका कारण उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न पाउँदैन ।

कुम्भ राशी : कुम्भ राशी भएकाहरुले जसलाई आफ्नो जोडी बनाए, बुझ्नुहोस् ती व्यक्तिलाई उनले जीवनभर साथ दिनेछन् । उनीहरु कुनै पनि हालतमा आफ्नो साथीसँग टाढा भएर बस्न सक्दैनन् । जोसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् ती व्यक्तिप्रति सधैं इमान्दार हुन्छ र उनीहरु बिना आफ्नो जीवनको अर्थ देख्दैनन् ।मीन राशी : जुन प्रकारको सम्बन्ध मीन राशी भएका व्यक्तिहरुले आफ्ना पार्टनरसँग राख्छन् त्यो अरु कसैले पनि राख्न सक्दैनन् । उनीहरु आफ्ना साथीको विषयमा निकै केयरिङ र भावुक हुने गर्दछन् । उनीहरुका लागि संसारमा सबैभन्दा महत्पूर्ण व्यक्ति प्रेमी, प्रेमिका वा जीवनसाथी हुन्छन् ।

यसैगरी तपाइले पनि केहि व्यक्तिहरु देख्नु भएको होला, जो हरेक समय खुसी रहन्छन्। कहिलेकाहिँ तपाईलाई कसरी उनिहरू हरेक समय यति खुशी रहन्छन् भनेर अचम्म पनि लाग्छ होला। जस्तो दुख पर्दा पनि केहि व्यक्तिहरु सधैँ खुसी नै रहने गर्छन्।तर केहि व्यक्तिको खुसीको सम्बन्ध उनीहरुको राशिसंग जोडिएको हुन्छ। आज हामी ती राशिहरुका बारेमा चर्चा गर्नेछौ, जो सँधै खुशी रहन्छ र जसको मुड जहिले पनि राम्रो रहन्छ। आउनुहोस्, ती राशिहरुका बारेमा चर्चा गरौँ जो हरेक कुरालाई हल्कामा लिन्छ र सधै खुसी रहन्छ। यी राशि भएका मानिसहरूलाई खुशी हुन कुनै कारणको आवश्यक पर्दैन, किनकी उनीहरू हरेक परिस्थितिलाई सकारात्मक तरिकाले लिने गर्छन्।

मेष राशि:मेष राशिका व्यक्तिहरु अलि चंचल स्वभावमा हुन्छन्। उनीहरु जहिले केहि न केहि गरिरहेका हुन्छन्। साथै यी व्यक्तिहरु हरेक सानो कुराहरुमा तनाव लिदैनन् र आफ्नो बसमा नभएको कुराको बारेमा धेरै सोच्दैनन्। उनीहरु आफुमा भएका नकारात्मक भावनाहरुलाई वेवास्ता गर्छन्। यी व्यक्तिहरु कुनै पनि कुरालाइ मनमा लिदैनन् र केहि गलत भयो भने पनि त्यहिँ कुरा सोचेर बसिरहदैनन्।धनु राशि:यस राशिका व्यक्तिहरु हरेक प्रकारका सम्भावना र परिस्थितिहरुका

लागि तयार रहन्छन्। उनीहरु सँधै आशावादी र खुसी रहन्छन्।जब उनीहरु उदास र एक्लो महसुस गर्छन्, तब उनीहरु केहि नयाँ काम गर्न वा नयाँ साथीहरु बनाउने सोच्दछन्। उनीहरू प्रायः खुसीनै हुन्छन्, किनकि उनीहरु आफ्ना अनुभवहरूबाट नै सिक्ने गर्छन्। यदि उनीहरुले दु:खी महसुस् गरे भने उनीहरु कहिँ घुम्न अथवा आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएर त्यस परिन्स्थितिलाई सामान्य बनाउने प्रयास गर्छन्।

सिंह राशि:सिंह राशिका व्यक्तिहरु प्राय: खुसी रहने गर्छन्। उनीहरु सँधै साथीहरु र परिवारको माझ नै हुन्छन्, जसका कारण उनीहरुले प्राय: एक्लो महसुस गर्दैनन्। उनीहरु समय अनुसार चल्ने गर्छन्। यी व्यक्तिहरु निकै मिलनसार स्वभावका हुन्छन्। उनीहरु साथि बनाउन पनि निकै सिपालु हुनुका साथै आफ्नो कुरा गर्ने शैलीले नै सबैलाई प्रवाहित पार्छन्।तुला राशि:तुला राशि भएका व्यक्तिहरु आफ्नो राम्रो मुडलाई लिएर निकै सचेत हुने गर्छन्। उनीहरु नकारात्मक कुरा मन पराउदैनन् र सँधै खुशी हुन चाहन्छन्। यी व्यक्ति आफुलाई खुशी पार्ने हरेक कुरामा ध्यान दिन्छन्। उदास हुदा उनीहरु स्वयं आफ्नो हेरचाह गर्छन्। यी राशिका व्यक्तिहरु आफैमा रमाउने किसिमका हुन्छन्। उनीहरुलाई रमाउनका लागि अरु व्यक्तिहरुको आवश्यकता हुदैन।