घरबाट बाहिर निकाल्नुहोस् यी ६ वस्तु : अन्यथा ऋणमा डुब्छ परिवार !

हरेक वर्ष जुन चाडको हामी व्यग्र प्रतिक्षा गर्छौं, त्यो पर्व अर्थात् तिहार, सबैको घर दैलोमा आउनै लागेको छ । यदि तपाईं पनि माता लक्ष्मीले आफ्नो घरमाथि कृपा गरुन् भन्ने चाहनुहुन्छ भने तिहारभन्दा अघि शास्त्रमा बताइएका यी ६ काम गर्नुहोस् । यसो गर्दा तपाईंको घरमा त्यो सकारात्मक ऊर्जा बन्नेछ जसका कारण माता लक्ष्मी तपाईंको घरतर्फ आकर्षित भएर तपाईंको जीवन सुख–समृद्धि र धनले भरिपूर्ण गरिदिनेछिन् ।

फुटेको सिसा परिवर्तनः ढोका, झ्यालमा राखिएको सिसा यदि फुटेको वा चर्किएको छ भने त्यसलाई परिवर्तन गर्नुहोस् । यदि सिसा निकै धमिलो छ र सफा गर्दा पनि राम्रो हुँदैन भने, यसलाई परिवर्तन गर्नुहोस् किनभने यसले सकारात्मक ऊर्जाको प्रवेशमा बाधा उत्पन्न गरिदिन्छ ।घरको कुनै पनि कुनामा फुटेको सिसा हुनुहुँदैन ।कौसीमा फोहोर र काम नलाग्ने सामानहरु राख्नुभएको छ भने हटाउनुहोस्ःधेरैले घरको छतमा काम नलाग्ने सामानहरु राख्ने गर्नुहुन्छ र यसलाई सफा पनि राख्नुहुन्न ।

यस्तो छ भने ती सामानहरु तुरुन्त हटाउनुहोस् । छत सफा छ भने दुख, तनाव र सङ्कटमा कमी आउँछ ।बिग्रिएको इलेक्ट्रोनिक सामानहरु घरमा नराख्नुहोस्ः घरमा यदि बिग्रिएको इलेक्ट्रोनिक सामान छन् भने त्यसलाई बनाएर प्रयोग गर्नुहोस् र यदि त्यसो गर्न सम्भव छैन भने त्यसलाई घरबाट निकाल्नुहोस् ।ढोकाहरु मर्मत गर्नुहोस्ः घरको ढोका फुटेको छ वा प्लास्टर टुटेको छ भने त्यसको मर्मत गर्नुहोस् विशेष गरी किचन र बैठक कोठामा यी कुराको विशेष ध्यान दिनुपर्छ ।

मूल ढोका सफा राख्नुहोस्ः आफ्नो घरको मूल ढोकालाई सफा पानीले धुनुहोस् ।यदि ढोका काठको छ भने त्यसमा रंग रोगन गरेर सिन्दुरले स्वस्तिकको चिन्ह बनाउनुहोस् ।ऋणको बोझ आफ्नो काँधबाट हटाउनुहोस्ः यदि तपाईंले कसैबाट पैसा सापटी लिनुभएको छ भने त्यसलाई तुरुन्त चुक्ता गर्न कोशिस गर्नुहोस् । शास्त्रका अनुसार जसको शिरमा ऋण छ, त्यसको घरमा माता लक्ष्मीले बास गर्दिनन् ।

यसैगरी अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋण लिने गर्दछन्। उधारो तथा ल्याएको ऋण तिर्न नसके जीवनमा निकै तनाव खेप्नुपर्ने हुन्छ। ऋणको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै कठिन हुन सक्छ । जुन व्यक्तिको कुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले उधारो तथा ल्याएको ऋण तिर्न नसक्दा निकै समस्या खेप्नुपर्ने हुन्छ ।कुण्डली र ऋणसँग सम्बन्धीत योग ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ। मंगह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अशुव हुने हुँदा व्यक्ति ऋणी बन्ने गर्दछ ।

यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋण हुन्छ तर त्यसबाट छुट्कारा पाउन सकिन्छ । ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँदैन् । ऋणबाट मुक्ति पाउने उपाय शनिबार ऋणमुक्तेश्वर महादेवको पूजा गर्ने मंगलबाट पूजा, दान तथा होम गर्ने र जप गर्ने मंगल र बुधबार ऋण लिने दिने काम नगर्ने रातो र सेतो बस्त्रको प्रयोग गर्ने श्रीगणेशको पुजा आराधना गर्ने बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने शिवलिंगमाथि प्रत्येक दिन दुध चढाउने ।

मानिसको हरेक इच्छा चाहना पुरा गर्न आफ्नो कमाइबाट नसकेपछि ऋण लिनु पर्ने हुन्छ । आफुले ल्याएको उधारो वा ऋण तिर्न नसके अनेकौ समस्याहरु खेप्नुपर्छ । ऋणको भारी बोकेका मानिसलाई ऋणबाट उम्कन धेरै समस्या झेल्नुपर्ने हुन्छ । ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा ऋणको दोष भएका व्यक्तिले ऋण दोष हटाउन यी उपाय अपनाउन सके ऋणबाट मुक्त हुन सकिने बताएको छ । जन्मकुण्डलीमा ऋणसँग जोडिएका सम्बन्धीत योग षष्ठम, अष्ठम र द्धादश भाव ऋणसँग सम्बन्धित रहेका हुन्छन् भने यसलाई मंगल ग्रहको कारक पनि भनिन्छ ।

शनिबारको दिन ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने मंगलबारको दिन पुजा, दान तथा होम गर्ने ।रातो र सेतो वस्त्रको प्रयोग गर्ने ।गणेशभगवानको पुजा आरधना गर्ने ।बुधबारको दिन गणेको अथर्वशीर्ष पाठ गर्ने शिव लिङ्गीमा प्रत्येक दिन दूध चढाउने ।जन्मकुण्डली अनुसार मंगल ग्रह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धित हुँदा अष्ठम द्धादश, षष्ठम भाव अशुभ हुन्छ र व्यक्तिमा ऋणको भार थपिदै जान्छ।यी भाव मंगल ग्रहसँग शुभ ग्रहको दुष्टि पर्दा ऋण भएपनि सजिलै छुट्कारा पाउन सकिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धित रहेर गर्नु नहुने कामको बारेमा बताउन गइहेका छौँ ।