पहिलो फिल्म खेल्नका लागि निर्देशकसँग भेट्न जाँदा दुब्र्यवहार गरे त्यपिछि बाहिर निस्किएर बेस्सरी रोए : अभिनेत्री रानी

एजेन्सी । फिल्म लाईनमा गरिने यौन दुब्र्यहार अहिले पनि जारी नै रहेको छ । निर्देशक, निर्माता तथा आफ्नै सहकर्मी साथीहरुबाट उत्पीडनमा पर्ने गरेका छन् हिरोइनहरु । पछिल्लो समय यस्तै एउटा घटना सार्वजनिक भएको छ । भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि यौन दुब्र्यवहार गरेको दाबी गरेकी छिन् ।

बिग बोस ओटीटीबाट बाहिरिएकी भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएकी थिईन् । यहि मौकामा अभिनेत्री रानीले पनि त्यसको समर्थन गर्दै आफु माथि भएको यौन दुब्र्यवहारको आरोप लगाएकी हिुन् । भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै उनले निर्देशक बाटै आफुलाई दुब्र्यवहार भएको खुलाएकी हुन् ।

उनले आफु करियरको सुरुवाती दिनहरुको स्मरण गदृै हिन्दी फिल्ममा खेल्नका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलासा गरेकी हुन् । उनले ती निर्देशकको भने नाम खुलाएकी छैनन् । जब उनी हिन्दी फिल्ममा खेल्न लागि निर्देशकको कार्यालयमा पुगेकी थिइन् त्यती बेला निर्देशकले उनी माथि एकदमै नराम्रो ब्यवहार गरेका थिए ।

रानीले त्यतिनै बेला आफु कम्फर्टेबल नभएको भन्दै बाहिर निस्किएकी थिईन् । उनी त्यसपछि बाहिर निस्किएर बेस्सरी रोएकी थिईन् । आखिर ति निर्देशक को हुन् भन्ने नखुलाए पनि ति निर्देशकले मिटु अभियान आए संगै सजाय पाईसकेको समेत बताईन् ।