भाईरल चेली लक्ष्मी खड्का र भाग्य न्यौपानेको पहिलो गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भाईरल चेली लक्ष्मी खड्का र भाग्य न्यौपानेको पहिलो गित सार्वजनिक भएको छ |

भाग्य न्यौपाने अहिले यो व्यक्तिगत नाम भन्दा पनि संस्थागत नाम नै भैसकेको छ ।उहालाई नचिन्ने नदेख्ने नबुझ्ने सायदै कोहि होलान् ।एकदमै सहनसिल,मिजासिला ,मेधावि स्वभावका अनि नयानया प्रतिभा तपाईं हाम्रो समक्ष सबैभन्दा पहिले सार्वजनिक गर्ने एक विशिष्ट पत्रकार एवम् समाजसेविको रुपमा स्थापित नाम हो भाग्य न्यौपाने।

गायक शक्ति गोदार र गायिका लक्ष्मि खड्का जस्ले स्वर दिएको गितको म्युजिक भिडियोमा भाग्य न्यौपानेले मुख्य अतिथि कलाकारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।

नाच्न भने त्यति नचाहाने भाग्य न्यौपाने आफुले जसोतसो नाचेको जिकिर गरेका थिए। अनुभवले नै मान्छेलाई सिकाउने समेत भाग्य न्यौपानेको भनाइ थियो । लक्ष्मि खड्काको भने यो दोस्रो गीति कोशेलि हो।

भाग्य न्यौपाने तिनै व्यक्ति हुन् जस्ले लक्ष्मि खड्कालाई पहिलोपटक तात्तातो खबर लिएर आएका थिए । अहिले उनै बहिनिको गित उपर आफुले काम गर्न पाउनु सौभाग्य एवम् एकदमै खुसि साथै गर्व लागेको समेत भाग्यले बताएका थिए ।शक्ति जो गायक हुन् उनी पनि भाग्य न्यौपानेको पुरानो साथि भएको समेत भाग्यले खुलाए ।

आज त्यहि म्युजिक भिडियो सार्वजनिक भएको छ `ढुङ्गो तालमा खस्यो´ नामक उक्त गितले अहिले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :