मनकामना महिला समूह वेस्ट ब्रोव्मिचको आज तेश्रो अधिवेशन भव्य र सब्य रूपमा सम्पन्न : अध्यक्षमा श्रीमती मिना न्यौपाने !

मनकामना महिला समूह वेस्ट ब्रोव्मिचको आज तेश्रो अधिवेशन भव्य र सब्य रूपमा सम्पन्न भएको संस्था कि निबर्तमान अध्यक्ष श्रीमती देवी सापकोटाले जानकारी गराउनु भएको छ ।

मनकामना महिला समुहको आज सपन्न भएको तेश्रो अधिबेसबाट सर्व सहमत निर्वाचित अध्यक्षमा श्रीमती मिना न्यौपाने, उपाध्यक्षमा श्रीमती सरिता सापकोटा सचिबमा श्रीमती सिता पौडेल , सह-सचिबमा श्रीमती सिता अर्याल खरेल, कोषाध्यक्षमा श्रीमती माया काफ्ले , सह-कोषाध्यक्षमा श्रीमती सुस्मा कार्की लगायत सम्पूर्ण निर्वाचित टिम लाई बधाई को साथै सफल कार्यकाल को शुभकामना र निबर्तमान अध्यक्ष श्रीमती देवी सापकोटा लगायतको कार्यसमिती लाई आफ्नो कार्यकाल सफल पार्नु भएकोमा धन्यवाद र सुभकामना स्कटनेपाल परिवार ।