बिर्ख विश्वकर्माले गाएको दोहोरी गितमा सुष्मा कार्किको रोमान्स (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली  लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसैविच  चर्चित दोहोरी गायक एवम् सर्जक लोकप्रिय गायक बिर्ख बिश्वकर्माको नया दोहोरी गित ‘बाटुली’को अफिसियल म्युजिक भिडियो भखर्रै सार्वजनिक भएको छ ।

गायक बिर्ख बिश्वकर्मा र गायिका कल्पना बिकेको आवाजमा रहेको यस गीतमा चर्चित दोहोरी सर्जक डम्बर बिश्वकर्माको उत्कृष्ट लय शब्द सिर्जनामा रहेको छ ।

बाटुली

यो जिन्दगी तिम्रै साथ काटुली

गितमा मायाप्रेमका कुराकानी दर्शाईएको छ, निकै मौलिकता पन बोकेको गितमा टिपिकल गाऊले शब्दहरुले अझ मधुर्यता थपेको छ । FB_IMG_1644377083085.jpg

जुम्लाको सिजा गाऊंपालिका वडा २ रनुखानामा जन्मिएका विश्वकर्माले सानै उमेरदेखी गितसंगितमा निकै रुचि राख्थे, उनि विधालयमा हुने सांस्कृति कार्यक्रममा, सडक नाटक एवम् गायन प्रतियोगितमा सहभागिता भई विजेता पनि हासिल गर्थे । उनि गित गाऊन लेख्न भने अत्यन्तै रुचि राख्थे ।

विभिन्न सास्कृतिक  कार्यक्रमहरुको दौडान संगै उनको यात्रा स्टुडियोसम्म पुग्यो, २०७३ सालमा ‘व्युटि पालर’ गितबाट अौपचारिक सांगितिक यात्रा सुरु गरेका बिर्खले हालसम्म २०० भन्दा वढि गितमा आफ्नो आवाज भरिसकेको छन् । राधिका हमाल संग आफ्नो आवाज भरेको विर्खले पहिलो गित ‘व्युटी पालर’बाटै सोचेजस्तै सफलता प्राप्त गरे ।

बिर्ख बिश्वकर्माको ‘व्युटी पालर’ , मन्जरी, मन परेको चुरा आदि थुप्रै गीतहरु हिट भइसकेका छन् , उनको गितमा प्राय नायिकाहरि सुरु गरेका बिर्खले हालसम्म २०० भन्दा वढि गितमा आफ्नो आवाज भरिसकेको छन् । राधिका हमाल संग आफ्नो आवाज भरेको विर्खले पहिलो गित ‘व्युटी पालर’बाटै सोचेजस्तै सफलता प्राप्त गरे ।

बिर्ख बिश्वकर्माको ‘व्युटी पालर’ , मन्जरी, मन परेको चुरा आदि थुप्रै गीतहरु हिट भइसकेका छन् , उनको गितमा प्राय नायिकाहरुको अभिनय रहेको हुन्छ ।

नायिका सुष्मा कार्कीले अभिनय गरेको सम्भबत यो पहिलो लोकदोहोरी गित ‘बाटुली’ हो । सुष्मा संगै हिरोज सोनी,रोहित ओली,निश्मा सिटौलाको अभिनय रहेको गीतलाई अमन सुनारले निर्देशन गरेका छन् । गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट वनेको छ ।

उक्त गितको म्युजिक भिडियो OSR Digital  को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ ।

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :