गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

लन्डन । एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिकबक्सरले प्रतियोगिता जितेका छन् ।

फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्षीय अमेरिकी खेलाडी ज्याकोबबीच घमासान भिडन्त भएको थियो ।

दुई निर्णायकले राइडरलाई ११५-११३ र ज्याकोबलाई ११५-११३ स्कोर दिएका थिए ।

राइडरले अब विश्व च्याम्पियन क्यानेलो अल्भारेज वा जिनेडी गोलोभकिन (त्रिपल जी) संग लन्डन ओटु वावेम्ली एरिनामा भिड्नेछन् ।

राइडरले सन् २०१० मा व्यवसायिक खेल शुरु गरेसंगै आजसम्म भएका उच्चस्तरीय ३५ प्रतिस्पर्धामा भागलिएका छन् ।

तिमध्ये उनले ३१ फाइटमा जित हासिल गरेका छन् भने ५ वटामा पराजय भोग्नु परेको थियो । उनी विश्वबक्सिङ च्याम्पियनमा नम्बर १ च्याम्पियनको रुपमा पनि परिचित छन् ।

एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व
गर्दै उत्रिएका पूर्व डब्ल्यू. बी. सी. सुपर मिडलवेट च्याम्पियन जोन राइडरले प्रतियोगिता जितेकामा एनआरएनएयूके अध्यक्ष प्रेमगाहामगरले वधाइ दिएका छन् ।

अध्यक्ष गाहामगरले राइडरले नेपाली र गोर्खा समुदायको पहिचान अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएकोबताउंदै उनलाई छिट्टै एनआरएनए यूके कार्यालयमा सम्मान गरिने पनि जनाए । ‘राइडर नेपालीप्रति हुरुक्कै हुनेबेलायती नागरिक हुन् । उनले हामीलाई गरेको देनबाट उनी सम्मानको हकदार छन्’, गाहामगरले भने ।

गाहामगरकै अनुरोधमा राइडरले एनआरएनए यूके तथा गोर्खाको प्रतिनिधित्व गर्दै बक्सिङ खेलेका थिए । गाहामगर राइडरका पूर्व प्रशिक्षक हुन् ।

बक्सिङको संसारमा ‘गोरिल्ला’ भनेर चिनिने जोन राइडर डब्ल्यु. बी. सी. च्याम्पिनयनसिप २०१९ का विजेता हुन्।

विश्वकै एक उत्कृष्ट खेलाडी जोनले यसअघि लस भेगस अमेरिका तथा ओ टु एरिना, लन्डनमा भएका चर्चितबक्सिङ खेलहरुमा एनआरएनए यूके र गोर्खा ब्याज लगाएर खेलेका थिए ।