खेम सेन्चुरीले आवाज दिएको नया दाेहाेरी गित टिकटक र युटुब दुबैतिर चर्चामा

पछिल्लो समय नेपाली साङ्गितिक बजारमा एकपछी अर्को गरि लगातार गीतहरु आइरहेका छन । यसै गरि बहुचर्चित लोकप्रिय गायक खेम सेन्चुरीको ‘ रुमाल साट्न पर्दैन ‘ बोलको गीत सार्वजनिक भएको छ । यति बेला सेन्चुरीको गीतले चर्चा बटुल्ने क्रममा रहेको छ । गीतमा माया पिरतीका कुराहरुलाई पर्दा मार्फत गीतको भाब ब्यक्त गरेका छन । केही समय यतालाई हेर्ने हो भने माया प्रेमका गीत सर्बाधिक चर्चामा रहन सफल भएका छन ।गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ।गीतको अडियो मनछुने छ।

‘ रुमाल साट्न पर्दैन ‘ बोलको गीतमा गीतकार एबम् बहुचर्चित लोकप्रिय गायक खेम सेन्चुरीको संगीत तथा शब्द रचना तेजु सुनामको रहेको छ। उक्ता गीतमा खेम सेन्चुरी र सुन्तामी परियारको सुमधुर आवाज रहेको छ। भिडियोमा खेम सेन्चुरी र नायिका केकी अधिकारीकोको दमदार अभिनय रहेको छ । सार्वजनिक भिडियोको निर्देशन तथा कोरियोग्राफर शिब बिकले गरेका हुन् भने छायांकन नवराज उप्रेती र सम्पादन मिलन बिस्वकर्मको रहेको छ। भिडियो खेम सेन्चुरीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।