के गायक कमल खत्रीको सिम्पलसंग प्रेम थियो ? अहिले मेलिनासंग प्रेम चर्चा

इटहरी/ चलचित्र नगरिमा जस्तै संगीत उधोगमा पनि माया प्रेमका प्रसङ्गहरु बेलाबखत गसिप बनेर सार्बजनिक हुने गर्छ । त्यो कुनै यथार्थमा परिणत हुन्छ त कुनै गसिपमै सिमित रहन्छ । यस्तैमा लोकप्रिय गायक कमल खत्रीको प्रेम चर्चा पनि बेला बखत हुने गरेको छ । जुन गसिपमै सिमित छ । केही वर्ष अघिसम्म खत्रीको नाम मोडल तथा कोरियोग्राफर सिम्पल खरेलसंग जोडिन्थ्यो । खत्री र खरेलले आधा दर्जन बढी गीतमा सहकार्य गरे । केहिमा मोडल त केहिमा युगल गायकगायिका बनेर । यति गरेपछि प्रेममा छन् भन्ने हल्ला चल्नु त सामान्य नै बन्यो ।

तर, पछिल्लो समय यी २ संगै नदेखिदा र सहकार्यमा गीत नआउदा भने यी २ साच्चै नै प्रेममा थिए भन्ने अड्कल गर्नलाई बल पुग्छ । अहिले यी २ को सहकार्यमा गीत सार्वजनिक नभएको १ बर्षभन्दा बढी भैसकेको छ । गीत मात्रै हैन सामाजिक संजालमा समेत एकअर्काका लागि सक्रिय छैनन् । त्यसैले पनि प्रेममा थिए र अहिले अलग छन् भनेर भन्ने ठाउँ प्रसस्तै छन् । कमल र सिम्पलको ‘जाउला रेलैमा’, ‘पहिलो माया’, ‘थाहा छैन’, ‘म गीत हु तिम्रो’ ‘कसिम’ लगायत गीतमा सहकार्य छ । यी मध्ये प्रायः गीत हिट भएका छन् । कमल खत्री र सिम्पल खरेल ५ बर्ष पहिलेदेखि साङितिक सहयात्रामा थिए ।

यता अहिले कमलको भने नया नामसंग नाम जोडिएको छ । केही दिन अघि बेहुलाबेहुली भएको छोटो भिडियो टिकटकमा सार्बजनिक हुदा त यी २ ले मन्दिरमा बिवाह गरे समेत भन्न भ्याए । पक्कै पनि कमल संग जोडिएको नया नाम हो मेलिना मैनाली । मेलिना नेपाली संगीत उधोगको उदाउदो गायिका हुन् । उनको चर्चा गायन रियालिटी शो द भ्वाइस अफ नेपालबाट भएको हो । सो को नकआउट राउण्डबाट अगाडि बढ्न नसकेपनी उनको लागि गीतहरु अफरको ताती लाग्यो । अहिले लोकप्रिय गायिकामा पर्छिन् ।

मेलिनासंगको प्रेम चर्चाको बारेमा कमल भने मौन छन् । तर साङितिक सहयात्रा उहीँ खरेलसंगको जस्तै देखिएको छ । संगै गीत गाईरहेका पनि छन्, अनि संगै आफ्नो म्युजिक भिडियोमा पनि अभिनय गरिरहेका छन् । सामाजिक संजालमा फ्यानहरुले सुहाउदिलो जोडि भनेर फुर्क्याइ रहेको पनि देख्न सकिन्छ । भर्खरै मेलिना र कमलको नया गीत सार्बजनिक भएको छ । जुन गीतको अन्त्यमा मन्दिरमा बेहुलाबेहुली भएर बिवाह गरेको यी २ को छोटो सिन छ । त्यो गीतको बोल हो ‘के के हुन्छ’ । प्रेम सम्बन्धको चर्चा त बजारमा चलेको नै छ, साङितिक सहकार्य गर्दै जादा यी हल्लाहरु चल्नु त सामान्य नै हो । अब हेरम आगामी दिनमा के के हुन्छ ।

यतिबेला कमल र मेलिना टिकटकमा पनि एकअर्कासंग रमाईरहेको भिडियो प्रसस्तै देख्न सकिन्छ । कमलको टिकटक एकाउन्टमा त धेरै भिडियोमा मेलिना देखिन्छिन् । सार्बजनिक ‘के के हुन्छ’ गीतमा कमल र मेलिनाको युगल स्वर छ भने प्रेमभाव प्रसस्तै झल्किने गीतको भिडियोमा पनि यिनै २ फिचर्ड भएका छन् । शब्द संगीत पनि कमल खत्रीकै हो । गीतलाई एरेन्ज भने उदय राज पौडेलले गरेका छन् । सान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन भने राजिभ समरले कोरियोग्राफी गरेका छन् । सम्पादन कार्य सुप्रीम पराजुलीले गरेका हुन् । कमल खत्रीकै युट्युब च्यानलबाट सार्बजनिक भिडियोले यतिबेला राम्रो प्रतिक्रिया बटुलिरहेको छ ।