ज्योतिषले साउथ सुपरस्टार अल्लू अर्जुनलाई यस्तो सुझाव दिए, के मान्लान् त अल्लुले ?

काठमाडौँ । दक्षिण भारतीय स्टार अल्लू अर्जुनका हरेक फिल्मको व्यापक चर्चा हुने गर्छ । तर उनको फिल्म ‘पुष्पाः द राइज’ले विश्वभर नै औधी चर्चित बन्न पुग्यो ।

अभिनेत्री रश्मिका मन्दाना प्रमुख भूमिकामा रहेका अल्लुको यो फिल्मले थप उचाई बढाइदियो । यो फिल्म हेरेका अधिकांश दर्शकले अहिले फिल्मको संवाद र अल्लूकै शैली अपनाइरहेका छन् । अहिले अल्लूका फ्यानहरूलाई अल्लूको भविष्य कस्तो होला भन्ने चिन्ताले सताउन थालेका छन् ।

किनकि अल्लूको हातमा अझै पनि कैयौं राम्रा प्रोजेक्टहरू छन् । ज्योतिषहरूका अनुसार अल्लू यो समय आफ्नो जिन्दगीको उत्कृष्ट फेजमा प्रवेश गरिसकेको भारतीय मिडियाहरुमा एकपछि अर्को गर्दै समाचारहरु आइरहेका छन् ।

ज्योतिषहरूका अनुसार अल्लुले विशेष पूजा र हवन गर्न सुझाव गर्नु पर्ने देखिन्छ । यी कार्य गरेमा अभिनेताले अवरोधको सामना नगर्नुपर्ने सुझाव ज्योतिषको छ ।

यहीकारण अल्लू अर्जुन आफ्नो परिवारका साथ फार्महाउसमा पूजा गर्दैछन् । फिल्म ‘पुष्पा २’ को तयारीमा लागेका अल्लुले ज्योतिषीको भनाईलाई मान्लान् त ?