फागुन महिनाको राशिफल हेर्नुहोस !

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो महिनामा चलाखीपूर्ण बोली र कामले कार्यहरू सफल हुनेछन् । वाहन लाभ हुने समय आएको छ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । शुभ र मङ्गल कार्यको योग पनि छ । मध्य महिनामा भने प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला । अनावश्यक आरोप लाग्ने र धनमाल हराउने योग भएकाले सजग रहनुहोला । यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो महिनामा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । साथी भाइको भेटघाटले मन रहने र मन मिल्ने साथीको सहयोग पाइनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । महिनाको अन्त्यमा चैं त्यति राम्रो देखिँदैन, व्यर्थको सास्ती खेप्नु पर्ला । सपना पनि नराम्रो देखिन सक्छ । यो महिनाको लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): फाल्गुन महिमा सामाजिक र राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । श्रम र इमानदारिताको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । आफन्तहरू सँग भेटघाट, रमणीय र सुखद् यात्राको योग पनि रहेको छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो महिनामा तपाईंको लागि नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नसक्छ र विगतका समस्या बल्झिन सक्छन् । सवारीसाधनको प्रयोग गर्दा सावधानी अपनाउनु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच मतभेद पनि बढ्ला । मध्य महिनाबाट भने समय उत्साहवर्द्धक रहनेछ । वैदेशिक क्षेत्रका अधुरा कार्य पूरा हुन सक्छ । नयाँ वस्त्र, अलंकार तथा धन सम्पत्ति समेत हात पर्ने योग रहन्छ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग खैरो वा सेतो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो महिनामा मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । भ्रमण र तीर्थाटनको योग पनि रहेको छ । मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा पहेँले हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): फाल्गुन महिनामा विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । मध्य महिनाबाट पारिवारिक स्वास्थ्यमा समस्या आई औषध उपचारमा खर्च बढ्नेछ, अतस् ऋण र रोगको भय हुनेछ । तपाईँका प्रतिद्वन्दी पनि बढ्न सक्छन् । यो महिनाको लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): फाल्गुन महिनामा नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ । स्थानान्तरण र लामो यात्राको सम्भावना छ । रोकिएको ठाउँबाट आकस्मिक धन लाभ हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् र भेटघाटले मन प्रसन्न हुनेछ । महिनाको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । सेयर बजारमा केही उतारचढाव हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग गुलाबी सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महा लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो महिनामा शुभ, मङ्गल र नयाँ कार्यको योग छ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । गरेको कार्यमा सफलता पाइनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि आफ्नो कुलदेवताको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो महिना उत्साहवर्द्धक नै रहनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । आफन्तहरू सँग भेटघाट हुनेछ । स्थानान्तरण र देश विदेशको भ्रमण हुनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतलाई प्रशंसा गर्नेछन् । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । तर अनावश्यक धन र परिश्रम पनि खर्च हुने र स्वास्थ्य बिग्रनसक्छ । यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग खैरो वा हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो फाल्गुन महिनामा विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आफ्नो पेशामा बढुवा तथा सरुवाको योग पनि रहेको छ । महिनाको अन्त्यमा अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । प्रेम र मित्रताको बन्धनमा मनमुटाव बढ्न सक्छ, बोल्दा विचार पुर्याउनु पर्छ । यो महिनाको लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । पढाई लेखाइमा उल्लेख्य सुधार आउनेछ । शत्रु र रोगबाट छुटकारा मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन् । मुद्दामामिलामा पनि विजयी भइनेछ । विशेषगरि विदेशिएका विद्यार्थीहरूले सफलता हासिल गर्नेछन् । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): फाल्गुन महिनामा शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान र सम्मानमा आघात पर्न सक्छ । स्वस्थमा पनि प्रतिकूल सक्छ । महिनाको उत्तरार्धमा भने रमाइलो यात्रा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयर बजार र वैदेशिक कार्यमा विशेष सफलता मिल्नेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हल्का पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व महाकालीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल प्राप्त हुनेछ ।

(अधिक जानकारीको लागि ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )