दोहोरी कलाकारहरुको संस्था ‘प्रत्यक्ष दोहोरी कलाकार संघ’को अधिबेशन रौनक,रबिन लामिछाने देखि जेरी सम्मका कलाकार अध्यक्ष पदमा उठ्दै

पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा सबै भन्दा बढी हेरिने भनेकै प्रतक्ष दोहोरी हो त्यसको फाइदा यो बेला कलाकारहरुले लिईरहेका छन।यसै अनुरुप पनि हुन सक्छ प्रतक्ष दोहोरी गाउने कलाकारहरुको टिमले नया संस्था जन्माएको छ।आज भन्दा २ बर्ष अगाडी जन्मिएको संस्थाको नाम हो ‘प्रतक्ष दोहोरी कलाकार संघ’।हाल उक्त संस्थाको संयोजकमा रबिन लामिछाने रहेका छन।

आज भन्दा २ बर्ष अगाडी गठन भएको संस्थाले कोरोनाको मार खेप्न पर्यो,त्यसकै कारण हुन सक्छ संस्थाले पूर्णता पाएन।हाल सम्म तदर्थ समितिले संचालन गरेको संस्थाले अब भने पूर्णता पाउने भएको छ।यही माघ २९ गते हुन् लागेको पहिलो अधिबेशनले नया कार्यसमिति गठन गर्न लागेको हो।संस्थाका संयोजक रबिन लामिछानेका अनुसार अब कलाकारहरु एक हुनकै लागि अधिबेशन हुन् लागेको र समस्यामा परेका कलाकारको लागि आवाज उठाउन पर्ने भएकै कारण कार्यसमिति गठन गर्न लागेको बताएका छन।

बिशेष श्रोतका अनुसार संस्थाले पुन रबिन लामिछानेलाईनै अध्यक्ष बनाउन लागेको पाईएको छ।संस्थापक समेत रहेका रबिन पुन अध्यक्षका लागि दाबि गर्न लागेको जानकारी आएको छ।रबिन लामिछानेले भने आफुले अध्यक्ष उठ्ने अझै घोषणा नगरेको र साथीहरुले समर्थन गरे आफु अगाडी बढ्ने बताएका छन। उनि संगै अन्य कलाकारहरुले पनि अध्यक्षमा दाबि गर्ने सम्भावना देखिएको छ।लोकप्रिय गायक बालचन्द्र बराल,गायिका बबिता बानिया जेरी ,गायक प्रकाश पराजुली,गायक श्याम राना लगाएतका कलाकार अध्यक्षमा दाबि गर्ने सम्भावनामा देखिएका छन।