ब्लाइन्ड डेटकी सिलु पुगिन् प्रियंकाको घरमा, प्रियंकाकी छोरीलाई दिइन् सुनको रिङ उपहार

काठमाडौं । चर्चित नायिका प्रियंका कार्कीको शो नयाँ शृखलामा ब्लाइन्ड डेट सिरिजको पहिलो सिजनका बिजेता सिलु पोखरेल र किरण खाती गोल्डीको जोडी पुगेको छन् ।

हरेक साता नयाँ नयाँ अतिथिलाई बोलाएर कुराकानी गर्दै आइरहेकी प्रियंकाले युट्युवमा संचालन गर्ने सिरिज ‘चप चप डायरिज’मा सिलु र किरणसँग गरेको रमाइलो कुराकानी सार्वजनिक गरेसँगै अहिले उक्त भिडियोको चर्चा सुरु भएको छ ।

सो अवसरमा सिलुले कार्यक्रम गर्न प्रियंकाको घरमै पुगेको मौका छोपी प्रियंकाकी छोरी आयंकालाई भेटेर कानमा लगाइदिइन् । सिलुले छोरीलाई सुनको रिङ गिफ्ट दिएपछि प्रियंकाले ‘आयंकाको इयररिङ बदल्ने बेला पनि हो यो ।

एउटा विशेष जोडीले हाम्रो घरमा पुगेर आयंकालाई सुनको रिङ गिफ्ट दिएको छ ।’ भनेर जानकारी पनि गराएकी छिन् । सिलु र गोल्डीले प्रियंकालाई भेटेर आफ्ना भावना सुनाउन पाएकोमा खुशि व्यक्त गरेका छन् ।