इन्डियन आइडल पवनदिपको बाबा र बहिनीको पहिलो नेपाली अन्तरबार्ता:दोहोरी गीत गाएर चकित पारिन

भारतको नेपाली सीमावर्ती क्षेत्र उत्तराखण्डको चम्पावतका पवनदीप राजन इण्डियन आइडल बनेका केहि समय मात्रै भएको छ।उनले आइडल जिते संगै उनको बारेमा नेपालमा भने धेरैनै चर्चा भयो ,जुन बेलामा उनले नेपाली गीत कार्यक्रममै गाए त्यसपछि उनको चर्चा बढेको थियो।

उनको चर्चाले गर्दा उनको बाबा यो बेला परिवार सहित नेपाल आएका छन।उनको कान्छी बहिनी ज्योति र आमा संगै नेपाल आएका उनको पिताले पहिलोपटक मिडियामा बोलेका छन।नेपाली लोकप्रिय टेलिभिजन प्राइम टाइम्समा प्रशारण भएको कार्यक्रम संगीत मालामा कमल सरगमले लिएको उक्त अन्तरबार्तामा आफु नेपाली भएको र सधै नेपाली भुमि प्रति माया रहने बताएका छन,त्यति मात्रै हैन उनकी छोरी ज्योतिले त् दोहोरी गीत गाएरे चकित पारिन संगै उनले सबैजसो नेपाली गीत गाएकि थिईन ।

सुरुवातदेखि नै परिपक्व गायनका कारण पवनदीप जजहरुको मात्रै होइन विश्वभर लोकप्रिय भइसकेका थिए ।चम्पावतका २५ वर्षीय राजत गायनका साथसाथै सबै प्रकारका बाजाहरु प्नि बजाउने क्षमता राख्छन् । उनको युट्युव च्यालन हेर्दा उनले नेपालमा आएर समेत प्रस्तुति दिएका छन् ।

कोरोना महामारीका कारण इण्डियन आईडलको यो सिजन पूरा १ वर्षको रह्यो । एक वर्षअघि स्वतत्रता दिवसका दिन सुरु भएको थियो ।यसबीचमा आइडलका प्रतिस्पर्धीहरुसमेत कोरोना संक्रमित भएका थिए । पवनदीप आफैं पनि कोरोनाका कारण दुई सातासम्म आइसोलेसनमा बस्नुपरेको थियो ।