चर्चित गायक प्रमोद खरेल स्टेजबाट यसरी भुईमा पछारिए

विदेशका कार्यक्रम होस् या स्वदेशका मेला पर्व, महोत्सव विभिन्न ठाउँमा हुने कन्सर्टमा गायक प्रमोद खरेल प्राय पुगेकै हुन्छन्। श्रोतालाई उनको आवाज कर्णप्रिय लाग्छ। उनको स्वरमा महिला फ्यानहरू हुरुक्कै हुन्छन्। प्रमोद स्कुल, कलेजका अब्बल विद्यार्थी हुन्। केहि दिन अगाडी मोरंगको पथरीमा प्रमोद खरेल गित गाउँदा गाउँदै स्टेजबाट लडेका छन् ।

अलीफ खान पछि फेरि मोरंगको पथरीमा गायक प्रमोद खरेल गाउँदा गाउँदै स्टेजबाट लडेका हुन् । एक साँगीतिक कार्यक्रममा प्रस्तुती दिने क्रममा उनी स्टेजबाट भुईमा लडेका हुन् । म बिना कसै कसैलाई गीत गाइरहेका उनी पछाडिबाट हिड्दा हिड्दै स्टेजको पछिल्लो भागमा पछारिएका थिए । उनलाई आयोजक र दर्शकहरुले उठाएर स्टेजमा चढाएका थिए। स्टेजमा चढेपछि उनले बजिरहेके ट्र्याकमा गीत गाएर पुरा गरेका थिए ।

प्रमोद खरेल नाम सुन्नासाथ सबैले मेरो दिल छ पोखरामा गीतलाई नै सम्झन्छन्। यो पछि उनले कहिल्यै पनि पछाडि फर्किनु परेको छैन। नेपाली सांगीतिक क्षेत्रमा एक बहुप्रतिभाशाली गायकको रुपमा चिनिएका प्रमोद खरेलले हालसम्म २००० भन्दा बढी गीतहरू गाइसकेका छन् । उनले सरगरमाथा म्युजिक अवार्ड २०७५ मा सर्वोत्कृष्ट गायक आधुनिक विधाबाट अवार्ड समेत प्राप्त गरेका थिए । पछिल्लो समय गायक खरेल द भ्वाइस अफ नेपालको सिजनको कोच रहेका छन् ।