आचार्य चाणक्यका केही महत्वपूर्ण कुराहरू

काठमाडौँ । आचार्य चाणक्यले आफ्नो नीतिमा अभ्यासबिना पूर्ण ज्ञान बेकार हुने बताएका छन् । उनका अनुसार, कुनै व्यक्तिको पेट खराब छ भने जतिनै राम्रो र मिठो भोजनपनि उसको लागि बिष समान हुन्छ । यस्तै कुनै गरिबको लागि कुनै समारोह विषजस्तै हुन्छ । किनकी ठूला मानिसको अगाडि यदि कुनै गरिब व्यक्ति पुगेमा उसलाई अपमानित हुनुपर्ने हुनसक्छ ।

आचार्य चाणक्यका केही महत्वपूर्ण कुराहरूः

१. फूलको बास्ना जुन दिशातर्फ हावा बहन्छ त्यतै फैलन्छ । तर, असल व्यक्तिको गुण चारै दिशातर्फ समान तरिकाले फैलन्छ ।

२. धन-सम्पति, मित्र, जीवनसाथीले यदि साथ छोडेमा यी पुनः प्राप्त गर्न सकिन्छ । तर, शरीर साथ छाडेमा पुनः प्राप्त गर्न सकिँदैन । यसकारण समय हुँदै असल काम गर्नुपर्दछ ।

३. गरिबले धन पाउन चाहन्छ । पशुले बोल्ने इच्छा राख्दछ । सामन्य नागरिकले स्वर्ग जान चाहन्छ, तर धर्मनुसार मानिस मोक्षको कामना गर्दछन् ।

४. जसरी एउटा बाछा हजारौँ गाईको भीडमा आफ्नो आमाको पछाडि हिँड्दछ, ठिक त्यसरी नै हाम्रो पछाडि राम्रो-नराम्रो कर्म हरेक पल पछाडि चलिरहन्छ ।

५. समझदार व्यक्ति उही हुन्छ जो समय र आफ्नो योग्यतालाई हेर्दै आफ्नो लक्ष्तर्फ बढ्दछ ।